सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • महाभारत बाट गर्भवती महिलाको सेनाको हेलि बाट उद्दार

महाभारत बाट गर्भवती महिलाको सेनाको हेलि बाट उद्दार

650
Shares
महाभारत बाट गर्भवती महिलाको सेनाको हेलि बाट उद्दार

काभ्रेपलाञ्चोक । जिल्लाको भैगोलिक हिसाबमा पछि परेको क्षेत्र महाभारत गाउँपालिका वडा नं. ७ स्थित बनखु स्वास्थ्य चौकीबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

वडा न ७ निवासी २८ वर्षीया देब कुमारी पाख्रीनको उच्च रक्तचाप र लामो समयसम्मको प्रसव पीडा का कारण बनखु स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने अवस्था भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको हो।

पाख्रीनलाई सुरक्षितरूपमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्तरबाट तत्काल महाभारत गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाली सेनासँग समन्वय गरी निःशुल्क उद्धार गरिएको हो।

बनखु स्वास्थ्य चौकीमा गत ८ गते भर्ना भएकी पाख्रीनलाई २४ घण्टा भित्र सुत्केरी गराउन नसकिएको, औषधि प्रयोग गर्दा पनि संकटकालीन अवस्था देखिएको, उच्च रक्तचापको समस्या देखिएको र भ्रूणको अवस्था पनि सामान्य नभएपछि तत्काल उद्धार गर्नुपरेको थियो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले हस्ताक्षरित पत्रमार्फत सो उद्धार कार्यका लागि हेलिकप्टर उपलब्ध गराइदिन सिफारिस गरिएको उल्लेख छ। महिला र गर्भवतीको जीवनरक्षा गर्न समयमै गरिएको यो उद्धार कार्य सराहनीय मानिएको छ।

650
Shares

ट्रेन्डिङ