सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मानवताका लागि हरियाेपन अभियानकाे सुरुवात

मानवताका लागि हरियाेपन अभियानकाे सुरुवात

485
Shares
मानवताका लागि हरियाेपन अभियानकाे सुरुवात

काभ्रेपलाञ्चोक । राेटरी क्लब अफ बनेपा र करुणामय मानव विकास संघकाे सहयाेगमा हिमालयन पिस स्टडी सेन्टरले आज विद्या सागर अङ्ग्रेजी माध्यमिक विद्यालयकाे प्राङ्गगणमा मानवताका लागि हरियाेपन (Green for Humanity Campaign ) भन्ने अभियानकाे सुरुवात गरेकाे छ ।

हिमालयन पिस सेन्टरका अध्यक्ष राजु सरकारले मानवताका लागि हरियाेपन,बाैद्ध धर्मकाे अष्ठ मार्ग, सत्याग्रहकाे मार्ग र अहिंसाकाे मार्ग लगायतका सिद्धान्तलाई विद्यार्थीमाझ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राेटरी क्लब अफ काभ्रेकी अध्यक्ष सरिता शाक्यले हरियाली र मानव जीवनमा यसकाे महत्त्वकाे बारेमा प्रकाश पारेकी थिइन् । यस्तै करुणामय मानव विकास संघका अध्यक्ष सिद्धि गाेपाल श्रेष्ठले संस्थाले गर्दै आएका विभिन्न कार्यकाे बारेमा बताएका थिए।

उपस्थित व्यक्ति र विद्यार्थीहरूकाे सक्रिय सहभागितामा बिरुवाहरू राेपेर उक्त अभियान सम्पन्न गरिएकाे थियाे ।

485
Shares

ट्रेन्डिङ