सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • बलात्कार मुद्दामा फरार रहेका व्यक्ति विमानस्थल बाट पक्राउ

बलात्कार मुद्दामा फरार रहेका व्यक्ति विमानस्थल बाट पक्राउ

460
Shares
बलात्कार मुद्दामा फरार रहेका व्यक्ति विमानस्थल बाट पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपककुमार श्रेष्ठ रहेका छन् ।

बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई बुधबार विमानस्थलबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुरोध गरेको थियो ।

सोही अनुरोधको आधारमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

460
Shares

ट्रेन्डिङ