सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

430
Shares
बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।

घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।

गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । उपचारका लागि ल्याइएका पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक अधिकांशको टाउकोमा चोट लागेको छ ।

घाइते दुई जनाको भने सामान्य अवस्थामा उपचार जारी छ ।

देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो ।

केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेका छन् ।

430
Shares

ट्रेन्डिङ