सबैको समाचार
बिहिबार, अशोज २२, २०८३
  • होमपेज
  • जिल्ला सहकारी संघको आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जिल्ला सहकारी संघको आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१९० जनाको स्वास्थ्य परीक्षण, ६२ जनाले गरे रक्तदान

25
Shares
जिल्ला सहकारी संघको आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर चोकमा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

शिविरमा करिब १९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने ६२ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा सुगर, रक्तचापलगायतका आधारभूत स्वास्थ्य परीक्षणका साथै निःशुल्क स्किन टेस्ट र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।

बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सहभागीलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिइएको थियो। रक्तदान गर्ने रक्तदाताहरूलाई जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको तर्फबाट मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो। लायन्स क्लब अफ श्रीखण्डपुरको संयोजनमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा सहभागी भएको थियो।

त्यसैगरी ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, विभिन्न साकोस तथा सहकारी संस्था, रोटरी तथा लायन्स क्लबका विभिन्न शाखा र काभ्रे लेडिज जेसिजलगायतका संघसंस्थाको सहयोग तथा सहभागिता रहेको थियो।

जिल्ला सहकारी संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन योगदान पुगेको आयोजकले जनाएको छ।

25
Shares

ट्रेन्डिङ