सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको मृत्यु

फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको मृत्यु

5115
Shares
फिलिपिन्समा बस दुर्घटना १३ विद्यार्थीको मृत्यु

फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।
मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिनुभएको छ ।
मृतकमध्ये १० जना विद्यार्थीको घटनास्थलमै र एक जना चालकसहित चार जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घाइते ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा लगिएको छ । रासस÷एएफपी

5115
Shares

ट्रेन्डिङ