सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • हकप्रद सेयर जारी गर्दै सानिमा

हकप्रद सेयर जारी गर्दै सानिमा

5020
Shares
हकप्रद सेयर जारी गर्दै सानिमा

सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो ।
सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी रु एक अर्ब पाँच करोड छ ।
लगानीको अन्य स्रोत हुँदाहँुदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।

5020
Shares

ट्रेन्डिङ