सबैको समाचार
आइतवार, अशोज १८, २०८३

आज ग्याल्बो ल्होसार

4320
Shares
आज ग्याल्बो ल्होसार

नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।  भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताउनुभयो ।
“हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ”– उहाँले भन्नुभयो ।
आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्बो ल्होसारका अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

4320
Shares

ट्रेन्डिङ