सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हिमालयन बैंकमा लोहनी काण्ड फेरि चर्कियो ?

हिमालयन बैंकमा लोहनी काण्ड फेरि चर्कियो ?

7000
Shares
हिमालयन बैंकमा लोहनी काण्ड फेरि चर्कियो ?

हिमालयन बैंक लिमिटेडमा कपिल लोहनी काण्ड फेरि चर्किएको छ । बैंकका (एचआर हेड) बैंक मेनेजर कपिल लोहनीले करिब २ करोड जनताको पैसा लिएर बैंकबाट विदा भएका छन् । अध्यक्ष र सिइओको निर्देशनमा सरुवा र बढुवा गर्न माहिर लोहनीले आफ्नै चाकरी गर्ने र गिफ्ट दिनेलाई राम्रो ठाउँमा पठाउने गरेको फेला परेपछि सिइओ अशोक राणा र उच्च कर्मचारीहरुले बैठक नै गरी उनीलाई सोधपुछ गर्दा सिइओ र उच्च कर्मचारीहरुलाई तथानाम, आमा चकरी झगडा गरि हातपात गरेपछि उनीलाई बैंकले बरर्खात गर्दै स्पष्टिकरण माग गरेपछि लोहनीले बाध्य भएर जागिर छाडेको छ ।
जनताको पैसामा फुपूको श्राद्ध गर्दै आएको बैंक ब्यवस्थापनले उनीलाई २ करोड पैसा दिएर विदाई गरेको बैंक सुत्रको दावी छ । आफुलाई भनेजति पैसा नदिए बैंकको पोल खोलिदिने धम्की लोहनीले बैंक व्यवस्थापनलाई दिएपछि उनीले यत्रो पैसा हात पारेका हुन ।
विगत लामो समयदेखि बैंकको महत्वपूर्ण विभाग (ज्च्) हेड भएर बसेका लोहनीले बैंक अध्यक्षका घरमा काम गर्ने जस्तै भाडा माज्ने, गार्डन सफा गर्ने, गाडी पुस्ने जस्ता दर्जनौलाई बैंकको जागिर दिएपछि सिइओ राणाले स्पस्टिकरण मागेपछि घटना घटेको थियो ।
लोहनीले आफ्ना नजिकका कर्मचारीबाट गिफ्ट लिने र पैसा दिनेहरुलाई राम्रो शाखामा सरुवा र बढुवा गर्न सिफारिस गरेको भेटिए पछि उनीलाई स्पष्टिकरण मागेका
सिइओ अशोक राणालाई समेत पोलखोली दिने धम्की दिएपछि उनीलाई मंहगो पैसा करिब २ करोड दिएर विदा गरिएको बैंक उच्च स्रोतको दावी छ ।
एटिएम काण्ड, पैसा चोरी काण्ड, विपन्न कर्जा काण्ड पछि लोहनी काण्डमा फसेको हि
मालयन बैंकका सदावहार सिइओ अशोक राणाको पदावधीबारे फेरी विवाद शुरु भएको छ ।
एक पछि अर्को काण्ड घटेपछि राष्ट्र बैंकले पटक÷पटक सचेत पत्र समेत हिमालयन बैंकलाई दिए पनि सुधार नभएरपछि अब ठूलै कारवाही गर्न तर्फ छलफल भइरहेको राष्ट्र बैंक स्रोतको दावी छ ।
राणा र श्रेष्ठ परिवारको पैत्रिक सम्पत्ति जस्तै गरि जनताको पैसामा लुट मच्चाए पछि राष्ट्र बैंकले भित्रीरुपमा हिमालयन बैंकको बारेमा अनुसन्धान मात्रै गरेको छैन बैंक नै हस्तक्षेप गर्ने योजना समते बनाएको एक डिपुटी गर्भनरले नाम नलेख्ने शर्तमा बर्ताए । राजतिलक साप्ताहिकबाट

7000
Shares

ट्रेन्डिङ