सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ककनीमा ‘माओवादी केन्द्र’ विजयी

ककनीमा ‘माओवादी केन्द्र’ विजयी

3290
Shares
ककनीमा ‘माओवादी केन्द्र’ विजयी

त्रिशूली (नुवाकोट), ५ जेठ । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लजिता लामाले तीन हजार ६९७ मत ल्याउनुभएको छ । ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा काँग्रेस विजयी भएको छ ।
ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाईं, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा काँग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी हुनुभएको ककनी गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
नुवाकोटको शिवपुरीमा नेपाली काँग्रेस विजयी
नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित छवटा वडाको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।
अध्यक्षमा काँग्रेसका रामकृष्ण थापाले तीन हजार ८१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमबहादुर उप्रेतीले तीन हजार ५३२ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा काँग्रेसका मञ्जु केसीले तीन हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मङ्गलमाया प्रजापतीले तीन हजार ५७३ मत प्राप्त गर्नुभएको छ ।
शिवपुरीमा आठवटा वडा रहेकामा छवटा वडामा काँग्रेस र दुईवटा वडामा एमाले विजयी हुन सफल भएको छ । वडा नं १ मा काँग्रेसका महेन्द्रराज खत्री, वडा नं २ मा काँग्रेसका रुद्रबहादुर गुरुङ, वडा नं ३ मा काँग्रेसकै रामहरि थापा, वडा नं ४ मा काँग्रेसकै झमकराज गुरुङ, वडा नं ५ मा एमालेका सीताराम थापा, वडा नंं ६ मा काँग्रेसका लालबहादुर तामाङ, वडा नंं ७ मा काँग्रेसका माधवप्रसाद भेटवाल र वडा नं ८ मा एमालेका पदमबहादुर थपलिया वडाध्यक्षमा निर्वाचन हुनुभएको छ । रासस

3290
Shares

ट्रेन्डिङ