सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

गाईको भोट हलगोरुलाई!

3420
Shares
गाईको भोट हलगोरुलाई!

जेठ ११, काठमाडौं । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरू। सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरू चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् ।
हलगोरूसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा गाईलाई दिने भोट झुक्कएर मतदाताले हलगोरुमा हालेको राप्रपाको दाबी छ । यसपटक एकै खालको चुनाव चिह्नका कारण मतदाता झुक्किएको चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले स्वीकारे । माडी नगरपालिकाको मेयरमा ठूला पार्टी सरह नै मत ल्याउन सफल राप्रपाले चुनाव चिह्नकै कारण वडाध्यक्ष पद गुमाउनु परेको छ ।
माडी नगरपालिकाको वडा नं. १ मा ५७ भोट हलगोरुलाई जाँदा त्यस वडाका राप्रपाका उम्मेदवार दोस्रो भए । राप्रपाका उम्मेदवारले ४ सय ४८ मत ल्याएका थिए । एमाले उम्मेदवार ४ सय ७३ मत ल्याएर विजयी भए ।
– नयाँ पत्रिका

3420
Shares

ट्रेन्डिङ