सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

3695
Shares
लागुऔषध बोकेर उडिरहेको परेवा समातियो

लागुऔषध ओसार–प्रसार गरिरहेको एउटा परेवालाई प्रहरीले ‘रंगेहात’ समातेको छ । कुवेत र इराकको सीमानजिक रहेको अबदालीनजिकैको इमारत बन्दरगाहबाट त्यहाँका कस्टम अधिकारीहरुले प्रतिबन्धित लागुऔषधको १७८ ट्याबलेट्स बोकेर उडिरहेको परेवालाई समात्न सफल भएका हुन् ।
बीबीसीकाअनुसार परेवाले परेवाजस्तै रङको देखिने कपडाको सानो पाकेट झोला जसरी बोकेको र त्यो पाकेटभित्र प्रतिबन्धित लागुऔषधको १७८ गोली रहेको उल्लेख गरेको छ । कस्टम अधिकारी अब्दुल्ला फहमीले लागुऔषध ओसार–प्रसार गर्न परेवाको प्रयोग भइरहेको खबर पहिल्यै नै प्राप्त भएको बीबीसीलाई बताएका छन् ।
उनले भने–‘हामीले पहिलोपटक लागुऔषध बोकेर उडिरहेको परेवा समात्न सफल भएपछि तस्करहरुले कसरी परेवाको प्रयोग गरिरहेका छन् भन्ने तथ्य खुलेको छ ।’ यसअघि, कोस्टारिकाको एक जेलमा गार्डले कोकिन लिएर उडिरहेको परेवा समात्न सफल भएका थिए । त्यस्तै, सन् २०११ मा पनि कोलम्बियाको प्रहरीले धेरै लागुऔषध बोकेर उड्न नसकिरहेको अवस्थामा एक परेवालाई समात्न सफल भएका थिए ।

3695
Shares

ट्रेन्डिङ