सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकमा फेरि आयो बाढी, मेलम्ची-इन्द्रावती सडक अवरूद्ध

सिन्धुपाल्चोकमा फेरि आयो बाढी, मेलम्ची-इन्द्रावती सडक अवरूद्ध

5330
Shares
सिन्धुपाल्चोकमा फेरि आयो बाढी, मेलम्ची-इन्द्रावती सडक अवरूद्ध

सिन्धुपाल्चोक : गए राति परेको पानीले मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।

मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए। मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने उनले बताए।

मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीय दशरथ दनुवारले बताए। हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीय यम ज्योतिले बताए।

असार १ र साउन १६ मा आएको बाढीले सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर सडक सञ्चालनमा ल्याइएको थियो।

5330
Shares

ट्रेन्डिङ