सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

4100
Shares
एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

लोक संस्कृतिके क्षेत्रमा योगदान गर्ने चार श्रष्टा सम्मानित भएका छन् । एन्जल लर्ड एकेडेमीले मौलिक लोक संस्कृतिकको क्षेत्रमा काम गर्ने चार श्रष्टालाई सम्मान गरेको छ ।
वरिष्ठ साहित्यकार तथा लोक संस्कृतिविद प्राध्यापक तुलसी दिवसले लोक गायिका हरिदेवी कोइराला, कल्पना योङ्हाङ, मुनु नेम्वाङ र जिग्मेछ्योकी घिसिङलाई सम्मान गरेका हुन् । कोइरालालाई नेपाली लोक गीत संगीतमा अतुलनीय योगदान पुर्याए बापत र योङहाङलाई नेपाली ढाका कपडाको प्रवर्द्धन र बिस्तारमा महत्वपूर्ण योगदान पुर्याकाले सम्मान गरिएको हो ।
त्यसैगरी नेम्वाङलाई पालम, हाक्पारे, ख्याली तथा अन्य लोकगीत गाएर नेपाली लोक गीतसंगीतलाई अझ समृद्ध बनाउन योगदान दिएकामा र घिसिङलाई उदयमान बालप्रतिभाका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक दिवसले नेपाली लोक संस्कृति नै नेपालीहरुको मुल पहिचान भएको बताए । उनले लोक संस्कृतिको विकासमा श्रष्टा र सर्जकहरुले महत्वपुर्ण भुमिका रहेको बताए ।
प्रमुख अथिति दिवस र विद्यालयका प्रमुख टंक लिम्बुद्वारा च्याब्रुङ(ढोल) बजाएर उदघाटन गरिएको सांस्कृति कार्यक्रममा तामाङ सेलो, धाननाच, झ्याउरे, साकेला, शेर्पा, भोजपुरी, मेन्दोमाया, च्याब्रुङ नाच जस्ता विभिन्न समुदायगत साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । सोही अवसरमा विद्यालयका विविध क्रियाकलापहरुमा सहयोग पुर्याउने पुरन्जन बस्नेत, श्याम पाख्रीन, चन्द्रदीप लामा, सेन्स योन्जन र विन्दु परियारलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कक्षा नर्सरी, एलकेजी, र युकेजीका भाईबहिनीहरुले रेम्स, बाल नाटक, हास्य नृत्य प्रस्तुत गरेका थिए । सोनाम शिरीष मगर र उनको समुहले लेकका हामी केटाकेटी गाएका थिए भने युजीन राई र उज्ज्वल सुवेदीले क्रमश उकाली ओरालीमा, ‘जहाँ छन बुद्धका आँखा’ जस्ता गीत प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष राजकुमार तामाङके अध्यक्षमा सम्पन्न कार्यक्रममा विद्यालय प्रमुख टंक लिम्बुले वर्तमान शिक्षाको बारेमा प्रकाश पार्दै विद्यालयको गतिविधि तथा भावी योजनाका बारेमा चर्चा गरेका थिए । सोही अवसरमा विद्यालयले बार्षिक परीक्षाको औपचारिक नतिजा प्रकाशन गर्नका साथै परिक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरेको थियो।

4100
Shares

ट्रेन्डिङ