सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

3245
Shares
गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

काठमाडौँ, १४ जेठ । रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर लोकगीत सम्मेलनको आयोजना गरिएको छ । गणतन्त्र दिवस २०७४ को पूर्वसन्ध्यामा आज रेडियो नेपालको प्राङ्गणमा भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकको गणतन्त्र स्थापनामा रेडियो नेपाल र लोकगीतको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको लोकगीत बचाउन रेडियो नेपालको ठूलो भूमिका रहेको छ ।” उहाँले लोकगीत र लोक संस्कृतिको संरक्षणमा रेडियो नेपालको ठूलो भूमिका रहेको भन्दै यसलाई प्रविधियुक्त बनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले गणतन्त्रको मूल मर्म लोक संस्कृति र कला भएकाले यसको विकासका लागि रेडियो नेपाल सधँै कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा लोकगायक एलपी जोशी, मीरा राणा, जेवी टुहुरे, तीर्थकुमारी थापा, जीवन शर्मा र रचना जीसीलगायत २१ जना गायकले आफ्नो गायन प्रस्तुत गर्नुभएको थियो । रासस

3245
Shares

ट्रेन्डिङ