सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी

बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी

3030
Shares
बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी

दाङ, १६ असार । बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी हुनुभएको हो ।
विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । रासस

3030
Shares

ट्रेन्डिङ