सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • उपत्यकाको फोहोर राति मात्रै लैजान पाउने,यस्ता छन् १८ बुँदे सहमित

उपत्यकाको फोहोर राति मात्रै लैजान पाउने,यस्ता छन् १८ बुँदे सहमित

3475
Shares
उपत्यकाको  फोहोर राति मात्रै लैजान पाउने,यस्ता छन् १८ बुँदे सहमित

उपत्यकाको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ।

यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।

सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।

समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।

त्यस्तै स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।

सहमतिपछि शुक्रबारबाट उपत्यकाको फोहोर उठ्ने दाबी गरिएको छ।

3475
Shares

ट्रेन्डिङ