सबैको समाचार
मङ्लबार, असार १७, २०८२

एक किलो अवैध सुन बरामद

1950
Shares
एक किलो अवैध सुन बरामद

काठमाडौ :- त्रिभुवन विमानस्थलबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको खटिएको विशेष टोलीले उक्त सुन बरामद गरेको हो । उक्त सुन विदेशबाट आएको प्रहरीको आशंका छ ।

यसअघि पनि विमानस्थल भन्सार कार्यालयबाट पास भएको ६० किलो सुन राजस्व विभागले बरामद गरेको थियो । राजस्वको अनुसन्धानपछि सीआईबीले गरेको अनुसन्धान अन्त्यतिर पुगेको छ । सीआईबीले आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

1950
Shares

ट्रेन्डिङ