सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • मृत भेटिए कार्यालय सहयोगी

मृत भेटिए कार्यालय सहयोगी

1755
Shares
मृत भेटिए कार्यालय सहयोगी

बैतडी | बैतडीमा वडा कार्यलय सहयोगी मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत फेला परेका हुन्।

बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए। बिष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए।

अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे लौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

1755
Shares

ट्रेन्डिङ