सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २ रोपनी भन्दै ३ रोपनी पास , जग्गा धनीको बिल्लिबाठ

२ रोपनी भन्दै ३ रोपनी पास , जग्गा धनीको बिल्लिबाठ

8285
Shares
२ रोपनी भन्दै ३ रोपनी पास , जग्गा धनीको बिल्लिबाठ

काभ्रे, असार २६ । जग्गा बेचेर राम्रो घर बनाउँला,बालबच्चा लाई राम्रो बिद्यालयमा पढाउँला भन्ने साबिक काभ्रे जिल्ला शंखुपाटीचौर ६ हालको धुलिखेल नगरपालिका १२ स्थित थुम्काडाँडा की रश्मिता तामाङलाई अहिले न भोक न निद्रा, न खाएको खाएको झैं छ न त हिडेको डाँउ थाहा छ । आफ्नो निरक्षर श्रीमान राजु तामाङ लाई लोभलालच देखाइ झुक्याएर स्थानिय जग्गा दलाली टिकाराम गौतम र पुष्प श्रेष्ठले २ रोपनी भन्दै ३ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा आत्मज्ञान प्रचार संघ भक्तपुरको नाममा पास गरेको थाहापाए सँगै हाल उनि बौलाहा झैं भएर हिडेकी छिन् । मलाई एक दिन एक रात भईरहेको छ श्रीमानलाई झुक्याएर जग्गा पास अर्कैको नाममा छ ।

जग्गा दलाली टिकाराम गौतम र पुष्प श्रेष्ठले संस्थाका लागि भन्दै २ रोपनी जग्गा पास गर्ने नाउँमा ३ रोपनी ६ आना ३ पैसा १ दाम जग्गामा ल्याप्चे लगाउन लगाएको राजु तामाङ बताए । जग्गा पास गरेको दिनमा कित्ता काट गराउँ भन्दा खेरी भोलि गराउँला भन्नु भयो हुन्छ भने तर फोन गर्दा उठाउनु भएन महिनौँ बिते म अहिले अन्यायमा परेको छु ।’ रश्मिता तामाङले जग्गा बेचेको ६ महिना पछि मात्र थाहा पाएको बताइन् । एकजना स्थानिय बासिन्दाले भने पछि मात्र उनलाई थाहा भएको हो ।
उनले रुदै भनिन्, भएको जग्गा सबै संस्थाको नाउँमा छ म घरको न घाट भएको छ सोझो श्रीमान्लाई झुक्याएर पास गरेको रहेछ अब म सहयोगको लागि सरोकार वाला निकायहरु सँग अन्ुरोध गर्न चाहान्छु । आत्मज्ञान प्रचार संघलाई जग्गा मिलाएका टिकाबहादुर गौतमले काम गर्दा गल्ति भयो पछि १ रोपनी ६ आना ३ पैसा १ दाम पास गरिदिन्छु भने पनि अहिले सम्म नगरी दलालद्वय टिकाराम गौतम र पुष्प श्रेष्ठ फरार रहेको बताइन् ।
दलाल मुक्त गाउँ बनाउने अभियानमा : महिला
आत्मज्ञान प्रचार संघ भक्तपुरले राजु तामाङको २ रोपनी जग्गा भन्दै ३ रोपनी ६ आना ३ पैसा १ दाम पास गरेपछि राजुको परिवारमा रुवाबासी नै चलेको छ ।
शनिवार गाउँमा भेला भएका महिलाहरुले गाउँमै सलबलार्ई रहेको जग्गा दलालहरु विरुद्ध आवाज उठाउँदै दलाल मुक्त गाउँ बनाउने अभियानमा जुटेको हो । जग्गा बेचेको थाहा पाएपछि राजुको श्रीमती रस्मिताले थाहा पाएपछि उनले रुदै जग्गा मिलाएका स्थानीय टिकाप्रसाद गौतमो कठालो समातेर लछार पछार समेत गरेका थिए । गाउँका सोझो सिधालाई झुक्याएर जग्गा आत्मज्ञान संघको नाममा गरेपछि हामी सबै आएका हौँ स्थानीय सानुकान्छी तामाङले भनिन्, अब हामी दलाल मुक्त गाउँ अभियानमा लाग्ने र गाउँमा छिर्न दिने छैनौं जसरी भएपनि रस्मिताको जग्गा फिर्ता गरेरै छाड्छौं । हुने खानेले जे गर्दा पनि हुने यसमा हामी चुप लागेर बस्ने छैन केही नजान्ने श्रीमानलाई जिल्लामा लगि झुक्याएर २ रोपनी भनेर ३ रोपनी ६ आना ३ पैसा एक दाम जग्गा पास गर्न पाँउछ ?’
विवादपछि वडा अध्यक्षताको नेतृत्वमा छानबिन समिति गठन
अन्यायमा परेको भन्दै शनिवार स्थानीय बासिन्दाहरु, आत्मज्ञान प्रचार संघ, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु बिच छलफल भएको छ ।
छलफल बाट वडा अध्यक्ष हर्क बहादुर तामाङको संयोजकत्वमा एक छानविन समिति गठन गरेको छ । अब उक्त समितिले के भएको हो बिस्तृत कुरा बाहिर ल्याए पछि काम कार्बाही अगाड्री बढाइने छ । समितिमा संस्थाको तर्फबाट आत्मज्ञान प्रचार संघको तर्फबाट प्रेमराज ढुङगेल, स्थानिय अर्जुनप्रसाद पौडेल, प्रबिन सापकोटा लगायतको ५ सदस्यिय छानबिन समिति गठन गरेको छ ।
छलफललमा आत्म ज्ञान प्रचार संघको नाउँमा पास गरेको जग्गा काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने राजु तामाङको नाउँमा फिर्ता गर्नुपर्ने साथै जग्गा काभ्रे जिल्ला शारदा बतासे ८ कित्ता नम्बर ९१९ क्षेत्रफल मध्यबाट १–०–० एक रोपनी जग्गा सात दिन फिर्ता भित्र नाप नक्सा गरी जग्गा र हाल बनाउँदै गरेको घर एकै ठाउँमा पर्ने गरी जग्गा फिर्ता गर्ने सर्ब सहमतिबाट पारित हुने गरी निर्णाय गरेको आत्म ज्ञान प्रचार संघका कार्यसमिति सदस्य प्रेमराज ढुंगेलले जानकारी दिए । विवाद समस्यको समाधान गर्ने तर्फ हामी लागि परेका छौँ उनले भने, हामीले नियत बस जग्गा श्रीमतीको नाममा होइन श्रीमानको नाममा पास हुने छ । ’सहमति गरेपनि विश्वास लागि रहेको छैन : पिडित रस्मिता
शनिवार सबैको सहमतिमा जग्गा फिर्ता गर्छु त भनिरहेका छन् तर पिडाले रस्मिताको आँखा ओभाउन सकेको छैन । उनी बराम्बार चिच्याएर रुदै भन्दै थिइन् मेरो सोझो श्रीमान् लाई फसाइयो र मेरो परिवारको बिल्लिबाठ भयो ।

8285
Shares

ट्रेन्डिङ