सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • प्रचण्डको दाल चामल र राजनीति नेपाली कांग्रेस विना चल्दैन : आङदेम्बे

प्रचण्डको दाल चामल र राजनीति नेपाली कांग्रेस विना चल्दैन : आङदेम्बे

गृहमन्त्री लामिछाले रोस्टमबाट लगाएको आरोपको जवाफ नआए सम्म छोड्दैनौ : आङदेम्बे

720
Shares
प्रचण्डको दाल चामल र राजनीति नेपाली कांग्रेस विना चल्दैन : आङदेम्बे

काभ्रे :- नेपाली कांग्रेसका सहमहामंत्री भिस्मराज आङदेम्बेले धुलिखेलमा आयोजित तरुणदलको कार्यसमिति विस्तार तथा जलपान सभालाई सम्बोधन गर्दै सभामुखले ओलीको ईशारामा संसद चलाई राखेको आरोप् लगाएका छन्। संगै प्रधानमंत्री प्रचण्डले विस्वासको मत लिदै गर्दाको सम्बोधनमा कांग्रेसलाई आगामी निर्वाचन भारी पर्ने बताएकोमा मावोबादीको दाल चामल र राजनीति नै नचल्ने दाबि गरेका छन्।

आङदेम्बेले सम्बोधनकै चरममा सभामुख कुनै पार्टिको २४ घन्टे कार्यकर्ता भएको महासुस हुँदै गएको बताए । केही पात्र छोडेर सबै सभामुख यस्तै भए भन्दै दमन ढुङानाले गरेको कार्य राम्रो भएको चित्रण गर्दै सझिए । सङै सुवास नेमाङलाई समेत कार्यका लागी सम्झिए । र अहिलेका सभामुख ओलिको सिगनलमा चलेका छन । जानी जानी यो संसद चलोस भन्ने चाहादैनन। ओलिले जे सम्सदलीय दलमा जे बोल्नु भो तै भैरहेको छ। प्रतिपक्षीले बोल्न पाएको छ कि नाई । सधियता र संबिधानलाई मास्न खुलेआम प्रहार भैरहेको उनले बताए।

संगै उनले नेकपा एमालेमा कोही नेता ओलिको बिरुद गर्न नसक्ने दाबि समेत गरेका छन्। रास्वपा र रवि लामिछाने र राप्रपा हामिलाई सकाउन ८४ पख भन्दै छन । माओबादीलाई जङ्गल बाट हामिले लाएको । सबै बैशाकी छोड्छौ । दाल चामल खोज्न नेपाली कांग्रेसकोमा नआई तपाईको नेतृत्व र राजनिती चल्दैन । प्रचन्ड जिलाई सोध्न चाहान्छु । स्वयम् ग्रुह मन्त्रीले तेर्स्याएको प्रस्नको जवाफ नआई अब हामी छोड्दैनौ । हामीलाई सघिनआरोप लगाएको छ । रबिले लगाएको आरोप को प्रमाणित नगरे ओलि एमाले र रविलाई नछोड्ने दाबी गरे । ८४ के हेर्ने प्रचण्डले हेरेकै हो । प्रचण्डलाई को बाट सुरु गर्ने हो गर्नुस भन्दै सबै फाईल खोल्न अनुरोध गर्दै आफु तयार भएको अभिव्यक्ति दिएका हुन्।

सहकारी हिनामिना गर्नेलाई छानबिन समिती गठन कुनै हालतमा गरिनु पर्ने तर्क गर्दै कहाँ लान खोजिदै छ नेपाली राजनिती । कांग्रेसको बैठकमा म त बोल्न नै नदिने पछमा भएको हो । ठगलाई कार्वाही गरौ भन्या हो गृहमन्त्रीलाई हैन । हामिले बनाएको संविधानभित्र रहेर काम गर्नुस । सहकारी प्रकरणमा छनबिन समिती नबने सम्म आन्दोलन नरोकिने र सहभागी हुन अपिल गर्दै ।

दोहोरो नागरिकता लिने जो कोहि भए नि कार्वाही हुनु पर्छ । कैलाश सिरोहियालाई पक्राउ गर्ने प्रतिशोत साधेको भए ।त्यो मान्य छैन । राहादानीमा पनि गृह मन्त्रीलाई छानविन गर्नु पर्छ । दोहोरो राहदानीको कारक नै होनि त । जस्को आफ्नै पहिचान छैन ईलाम गएर पहिचानको नारा उठाएको उनको दाबी थियो । जस्को चिना नै छैन उस्ले चिना लेख्दै छ । हामिले बुझ्नु पर्ने सचिनु पर्ने उनको भनाई थियो ।

जिल्लाको धुलिखेलमा तरुण दल धुलिखेल नगरको आयोजनामा भएको कार्यसमिति विस्तार तथा जलपान कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपालि कांग्रेसका सहमहामंत्री भिस्मराज आङ्गदेम्बे , बागमती प्रदेश सरकारका पुर्व मन्त्रि एवं काभ्रे जिल्ला कांग्रेस सभापति तिर्थ लामा , नेपाल तरुण दल केन्द्रीय अधक्क्ष विधान गुरुङ , जिल्ला कार्यसमितिका उप सभापति , अन्य पदाधिकारी तथा स्थानिय तहका जनप्रतिनिधि तथा तरुण युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

720
Shares

ट्रेन्डिङ