सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिदेशी सिप स्वदेशमा परिचालन , बाख्रा पालनबाट करोडौँ आम्दानी गर्दै हुमागाई

बिदेशी सिप स्वदेशमा परिचालन , बाख्रा पालनबाट करोडौँ आम्दानी गर्दै हुमागाई

9255
Shares
बिदेशी सिप स्वदेशमा परिचालन , बाख्रा पालनबाट करोडौँ आम्दानी गर्दै हुमागाई

काभ्रे, साउन २ (शुकदेव थपलिया )। पछिल्लो समय रोजगार कै लागि विदेशीने युवाहरुको जमात ठुलो छ । विदेशबाट फर्केपछि त्यहाँको शिपलाई शदुपयाग गर्नेको संख्या कम रहेको पाइन्छ । यस्तै सिमित जमातमा भेटिन्छन् काभ्रेका राजेन्द्र हुमागाई । पछिल्लो समय विदेशबाट सिकेको शिपलाई नेपालमा व्यवसायिकता तर्फ लगेर नेपाल कै नमुना बाख्रापालन पद्धती उनले अपनाएका छन् ।
लामो समय इज्रायलमा रोजगारका लागि बसेर पशुपालन कृषि उत्पादनको क्षेत्रमा पसिना बगाएका काभ्रे पनौती ९ का ५३ बर्षिय राजेन्द्र हुमागाइले पछिल्लो समय नेपालमा नै नमुना बाख्रा पालन पद्धती सुरु गरेका छन् । फुल्चोकी फलफुल कृषि उपज तथा पशुपालन कृषि फर्मका रुपमा हुमागाइले विदेशबाट कमाएको रकम कृषि क्षेत्रमा लगानी गरेका हुन । उनले सुरु गरेको बाख्रा फर्ममा २ सय वटा भन्दा बढि बाख्रा पाल्न मिल्ने भएपनि हाल १ सय वटा बाख्रा पालेका छन् । एक जना व्यक्तिले नै २ सयवटा बाख्रा पाल्न सक्ने गरि खोरको व्यवस्थापन गरिएको हुमागाइले बताए ।
बाख्राको बड्कउला पिसावलाई जैविक मल बनाएर रासायिनीक मल प्रतिस्थापन गर्ने पद्धती अगाडी बढाइएको छ । बाख्राका लागि आवश्यक पर्ने खोर अत्यन्तै व्यवस्थित साथ बनाएर बाख्राका लागि चिसोको र गर्मिको समस्या नहुने गरि टाँढको व्यवस्थापन गरिएको छ । १ करोड भन्दा बढि लगानीमा सुरु भएको बाख्रापालन र त्यसको खोरको व्यवस्थापन नेपालमा नै नमुना रहेको छ । विदेशमा कमाएको रकम, कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयआर्जन प्याक्टको समेत केहि सहयोग र अन्य साथीहरुको सहकार्यमा हुमागाइले बाख्रा पालन आधुनिकीकरण साथ अगाडी बढाएका छन् ।
बाख्राको पाठा माउ र व्याडे बोकोका लागि फरक फरक किसीमको घास स्याउला र खोरको व्यवस्थापन रहेको छ । नेपाल पशु पालान र कृषि उत्पादनको एउटा महत्वपुर्ण स्थान रहे पनि यहाँको पहिचान हुन नसक्दा युवाहरु विदेशीनु परेको उनले बताए । काभ्रे जिल्लामा वार्षिक ९ हजार ८ सय ५० मेक्टीक टन मासु उत्पादन हुने गरेको छ । जिल्लाबाट जसको २५ प्रतिसत मासु राजधानी भित्रने गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले बताए । दैनिक करोडौँको मासु अन्न विदेशबाट भित्रने गर्छ ।
आम किसानहरुको निर्वाह मुखी पशुपालन र कृषि उत्पादनमा लगानी भएपनि व्यवसायिक रुपमा अगाडी बढ्न नसक्दा दैनिक रोजगार कै लागि नेपाल छाड्ने हजारौ युवाहरु छन् । उनले सञ्चालन गरेको फर्मको लगानी ५ वर्षमा उठ्नेको उनको विस्वास रहेको छ । सुरुवातीको ३ महिना पछि दैनीक खसि बोका विक्रि हुने उनले बताए । हुमागाइले राजधानीबाट नजिक काभ्रे जिल्लामा पशुपालनको अथक सम्भावना रहेकाले विदेशबाट भित्रने मासु प्रतिस्थापन गर्न काभ्रेका हरेक स्थान मासु जन्य बस्तु उत्पादनमा लगानी बढाउन आग्रह समेत गरे ।

9255
Shares

ट्रेन्डिङ