सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काठमाडौंबाटै कर्णालीको जागिर

काठमाडौंबाटै कर्णालीको जागिर

2585
Shares
काठमाडौंबाटै कर्णालीको जागिर

काठमाडौँ, साउन ६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए । आजको नागरिक दैनिकमा खबर छ– अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नबित्दै रजिष्ट्रार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राधयापक डा. मोदनाग मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे ।
तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन । प्रतिष्ठानका जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो । विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा केन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपछर् । तर, यहाँका पदाधीकारीले काठमाडाैंस्थित सम्पर्क कार्यालयमा बसेर कर्णालीको दुर्गम भत्ता असुल्ने गरेका छन् ।

2585
Shares

ट्रेन्डिङ