सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • २८ गते ‘काला दाग’ को च्यारेटी शो

२८ गते ‘काला दाग’ को च्यारेटी शो

5510
Shares
२८ गते ‘काला दाग’ को च्यारेटी शो

काभ्रे, १४ साउन । तामाङ भाषाको कथानक चर्चित “काला दाग” (रगतको दाग) नामक चलचित्र फिल्म यहि साउन २८ गतेबाट च्यारेटी शो हुने भएका छन् । ह्याङला को–म्होन्दो मिडिया हाउस सक्सेस फिल्मस प्रालिको प्रस्तुती रहेको काला दाग अर्थात रगतको दाग नामक तामाङ भाषाको चलचित्रको च्यारेटी शो प्रर्दशन गर्न लागेको हो ।
ह्याङला को–म्होन्दो मिडिया हाउस सक्सेस फिल्मस प्रालिका अमर लामाको प्रस्तुती रहेको उक्त चलचित्र साउन २८ गते नाचगर जमलमा च्यारेटी सो हुने छ । फिल्म बारे जानकारी दिने उदेश्याले सो फिल्म प्रालिले शनिवार सुर्यबिनायक भक्तपुरस्थित रफत सञ्चर क्लबको हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार भदौ ३ गते मयुर हल बनेपा र भदौँ १७ गते बराही हल सूर्यबिनायक भक्तपुरमा च्यारेटी शो देखाउने छ । आयोजकले देशभरि रहेका तामाङ बस्तीहरुमा र विदेश कतार मलेशिया र दुबई पनि प्रर्दशन गर्ने तयारी गरी रहेका छन । सो चलचित्रमा मुख्य कलाकारहरु नायक कुमार मोक्तान, नायिका सिता लामा खलनायक बिकु थोकर लगायतका कलाकारहरुको अभियान रहेको छ ।
कथा÷पटका प्रकाश लामा, निर्माता बसन्त मोक्तान(नोर्साङ) चन्द्रलाल दोङले गरेको चलचित्रमा निर्देशक द्धन्द्ध शंकर महर्जन, कार्यकारी निर्माता अशोक कुमार स्याङबो रहेका छन । सह निर्माता सुब्बा सिं तामाङ÷फुलकाजी स्याङबो , छयाङकन रबि कोइराला, केशब अधिकारीले गरेका हुन् । नृत्य सुनिल मोक्तान, संगीत जोगलाल लामा÷निमा दोङ गीत कुमार स्याङबा बिशाल स्याङतान÷दबिन्द्र लामाको रहेको छ । निर्माता सहयोगी कर्म लामा÷ बिजय लामा सम्पादन मेख थापा मगरले गरेका छन भने विशेष सल्लाकार डि.बी मोक्तान र जेनिश दोङ रहेका छन् ।

5510
Shares

ट्रेन्डिङ