सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

4140
Shares
पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

तिलोत्तमा (रुपन्देही), १८ साउन । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको दोभानमाका दिउसो ४ः०० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुटवलबाट सात किलोमिटर दूरीमा रहेको दोभान क्षेत्रमा अहिले सवारी साधन पहिरोले रोकिएका छन् पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दोभान प्रहरी चौकीभन्दा २०० मिटर पूर्वतर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी र बाग्लुगतर्फ जाने तथा आउने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । यातायातका साधनको लामो लाइन लागेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताउनुभयो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पहिरो हटाउन एउटा डोजर पठाएको जनाएको छ । पहिरो ठूलो गएकाले केही घण्टा लाग्ने अनुमान गरिएको छ । रासस

4140
Shares

ट्रेन्डिङ