सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रेखाले किन छाडिन् प्रचण्डलाई

रेखाले किन छाडिन् प्रचण्डलाई

4970
Shares
रेखाले किन छाडिन् प्रचण्डलाई

देवेन्द्र बन्जारा । मंसिर २७ ।
पाँच वर्षअघि कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्ताल कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर क्रान्तिकारी ‘लालसलाम’ गर्दै माओवादी प्रवेश गरेकी रेखा थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी छिन् ।
नेकपा एमालेको नेतृत्वमा माधव नेपाल प्रधानमन्त्री भएका बेला कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले सिंहदरबार अगाडि गरेको आमहड्ताल साथै सडक प्रदर्शनमा रेखा थापा ‘लालुपाते नुग्यो भुइँतिर’ बोलको गीतमा प्रचण्डसँगै कुम जोडेर नाँचेपछि उनी एकाएक चर्चामा पुगेको थिइन् ।
नायिका रेखा थापाले तत्कालिन प्रचण्ड नेतृत्वमा भएको आन्दोलनको सहयोगी बनेकी रेखा थापाले प्रचण्डजस्तो नेता आफुले आजसम्म नभेटेको प्रतिक्रिया पनि दिएकी थिइन् । त्यस लगतै उनी तत्कालीन एमाओवाली पाटी अहिलेको माओवादी केन्द्रमा पार्टी प्रवेश गरेकी रेखा कमल थापा नेतृत्वको पाटी राप्रपा पार्टीमा प्रवेश गरेकी हुन् ।
समाजसेवाको लागि पार्टी प्रवेश गरेको बताउने नायिका रेखा थापाले प्रचण्ड नेतृत्व तत्कालिन नेकपा माओवादीले दोस्रो संविधान सभा निर्वाचनमा मतदाता नामावलीमै नाम नभएपछि उनी समानुपातिक तर्फको उम्मेदवारको टिकट पनि पाइनन् रेखा थापाले ।
त्यस पछि सुरु भएको माओवादी केन्द्रको सम्बन्धमा चिसो पन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राम्रै दौडधुप गरेकी रेखा त्यो दौडवाट पनि बाहिरिएकी थिइन् । यसरी रेखाको चाहेको इच्छाएको केही पुरा भएन माओवादी केन्द्रवाट त्यसै उनी राप्रपा प्रवेश गरेको सुत्रको दावी छ ।
निखिल उप्रेतीसँग बोलचाल नै बन्द गरेकी रेखाको आर्यन सिग्देलसँग सम्बन्ध राम्रो रहेन । सुदर्शन गौतमलाई जर्बजस्ती नायक बनाएकी रेखाले फिल्म निर्माण सम्पन्न भएपछि सुदर्शनसँगको सम्बन्ध पनि तोडिन् ।
सम्बन्ध बनाउने र तोड्नेमा माहिर मानिने नायिका रेखा थापाको कोमल वलीसँगको सम्बन्ध भने राम्रो रहेको सुत्रले बतायो ।
राप्रपाका कार्यकारी अध्यक्ष कमल थापालाई आदर्श मान्ने कोमल वलीसँग रेखाको पुरानै सम्बन्ध रहेको सुत्रको दाबी छ । जब कोमल राप्रपा प्रवेश गरिन, ‘सधै पशुपतिनाथको मन्दिर जाने शिवभक्त हुँ भन्ने, अनि पार्टी चाँहि माओवादी रोज्ने ?’ कोमल वलीली रेखालाई प्रश्न गरिन् । त्यसपछि रेखा र कोमल वलीवीच लामो संवाख पछि अन्ततः राप्रपामा प्रवेश गर्ने निर्णय गरिन् रेखा थापले ।

4970
Shares

ट्रेन्डिङ