सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३

बनेपामा देखाए रगतको दाग

7130
Shares
बनेपामा देखाए रगतको दाग

काभ्रे, ३ भदौ । तामाङ कथानक चलचित्र का. ला दाग (रगतको दा) फिल्मको च्यारेटि शो शनिवार काभ्रेको बनेपास्थित मयुर हलमा प्रर्दशन गरिएको छ ।  सक्सेस फिल्म प्रा. लि. र को म्हेन्दो मिडिया हाउस बनेपाको संयुक्त आयोजनामा फिल्म प्रर्दशन गरिएको हो ।

अमर लामाको प्रस्तुती , चन्द्रलाल दोङ र बसन्त मोक्तानको निर्माणमा बनेको काला दाग तामाङ चलचित्रको मुख्य भूमिकामा चर्चित नायक कुमार मोक्तान, नायिका सीता थिङ, नव नायक वसन्त मोक्तान, मनिक घिसिङ, चन्द्रलाल दोङ, अमर लामा, खलनायक बिकु थोकर, दूध दोङ, बुद्द लामा लगायतका कलाकारहरुको रहेको थियो ।

फिल्म हेर्न गाउँ–गाउँबाट ११ सय जना तामाङहरु आफ्नो मातृ भाषाको फिल्म हेर्न आएका थिए । आयोजकले देशभरि रहेका तामाङ बस्तीहरुमा र विदेश कतार मलेशिया र दुबई पनि प्रर्दशन गर्ने तयारी गरी रहेको सक्सेस फिल्मस् प्रालिले जनाएको छ । फिल्म प्रर्दशनीकै क्रममा निर्माता चन्द्रलाल दोङले राज्यले देशैभरिका चलचित्र हलहरुमा नेपाली फिल्म जस्तै प्रर्दशन गर्ने अनुमति नदिएकाले च्यारेटी शो देखाएर निर्माता चित्त बुझाउनु पर्ने बाध्यता रहेको गुनासो गरे ।

उनले भने,यसका लागि सबै चलचित्रकर्मी संघहरु एकजुट हुनुपर्ने आवश्यक छ मात्रा भाषामा निर्माण हुने अधिकांश फिल्मले मान्यता नपाएकाले ओझेलमा परिरहेको छ ।’

7130
Shares

ट्रेन्डिङ