सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

8160
Shares
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएकाे छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो।

स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। यद्यपि प्रशासनले भने यसबारे केही बताएको छैन्। उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो।

त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ। कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते राति १२ बजेबाट जारी निषेधाज्ञा आज मध्यरातबाट सकिँदैछ। काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ।

निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ। ​ मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ। त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ ।

8160
Shares

ट्रेन्डिङ