सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कर्मचारी र राजनीतिक ब्यक्तिद्धारा जथाभावी भ्रमणमा राज्यको १९ करोड स्वाहा

कर्मचारी र राजनीतिक ब्यक्तिद्धारा जथाभावी भ्रमणमा राज्यको १९ करोड स्वाहा

2410
Shares
कर्मचारी र राजनीतिक ब्यक्तिद्धारा जथाभावी भ्रमणमा राज्यको १९ करोड स्वाहा

काठमाडौँ, भदौ १३ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत बर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक ब्यक्तिहरुले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिकभ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो ।

अर्थ मनत्रालय सेतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च अदालत र ब्यवस्थापिका संसद्का अधिकारीहरु बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्र रकम सकिएको हो ।

विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८५ हजार रुपैयाँ सकेका हुन् । १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक ब्यक्तिहरुको भ्रमणमा खर्च भएको हो ।
– कान्तिपुर दैनिक

2410
Shares

ट्रेन्डिङ