सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

सय दिनमा सय काम

4520
Shares
सय दिनमा सय काम

इन्द्र बहादुर थापा,भकुण्डेबेसी÷ जिल्लाको नमोबुद्ध नगरपालिकामा नव निर्वाचित जन प्रतिनिधिहरू निर्वाचित भएको एक सय दिन भित्र एक सय विकास निर्माणका काम सम्पन्न भएको विवरण सार्वजानीक गरेका छन् । मंगलबार सय दिन पुगेको उपलक्षमा नमोबुद्ध नगरपालिकाको आयोजनामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना भएको थियो । हामी निर्वाचित भएको आज सय दिन पुगेको छ यस सय दिन भित्र हामीले सय वटै विकास निर्माणका काम सम्पन्न भएको छ – नव निर्वाचित नगर प्रमुख टंक प्रसाद तिमल्सिना शर्मा ( टिपी शर्मा ) ले जानकारी गराएका छन् । सडक कालोपत्र गर्ने देखि खाने पानीको ट्याङ्की बनाउने र सांकृतीक सम्पदाको संरक्षण संवर्धन जस्ता सयौ काम भएको नगर प्रमुख शर्माले बताएका छन् । हामी कर्ममा विस्वास गर्ने व्यक्ति भएकाले अगाडी नै सय दिनमा सय काम गर्छु भनेर घोषणा गर्नु भन्दा पनि घोषणा नै विना काम गरेर देखाएको र आगामी दिनहरूमा पनि गरेर देखाउने शर्माले बताएका छन् । उनले पारदर्शी रुपमा पत्रकारहरूलाई साथमा लिएर अघि बड्ने पनि जानकारी गराएका छन् ।

नगरपलिकामा पर्ने भकुण्डेमा नगरपालिकाको भवन निर्माण भैरहेको जानकारी गराउदै आगामी दिनहरूमा पनि नगरबासीका लागि उत्कृष्ठ काम गर्दै जाने नगरप्रमुख तिमल्सिनाले जानकारी गराएका छन् । आगामी योजनामा नमोबुद्ध नगरपालिका बालमैत्री नगर घोषणा गर्ने देखि विभिन्न योजना रहेको पनि जानकारी गराएका छन् ।
हामी जनताको प्रतिनिधि भएकाले नगर वासीका विकासका लागि हरतरहले लागेकोे र आगामी दिनहरूमा पनि निरन्तर लागिरहेने कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले बताएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत भोला प्रसाद चापागाई, नगरपालिकाका इन्जीनियर लगायतले कार्यक्रममा उपस्थिती जनाएकोमा पत्रकारहरूलाई धन्यवाद दिदै सम्पन्न कार्यहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए । सानो तिनो नियमीत कामलाई पनि नवनिर्वाचित जनप्रतिनिधिहरूले विशेष काम गरेको जस्तो सय दिनको कार्य विवरणमा राखेको भन्दै नगरवासिको जनगुनासो आएता पनि केही कामहरू भने उत्कृष्ठ नै रहेको छ ।

4520
Shares

ट्रेन्डिङ