सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मानव बेचबिखनको आरोपमा ३ जना युवक पक्राउ 

मानव बेचबिखनको आरोपमा ३ जना युवक पक्राउ 

1620
Shares
मानव बेचबिखनको आरोपमा ३ जना युवक पक्राउ 

परासी | पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ३ जना युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट दुई जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाल्हिनन्दन-५ चमेनाटोल घर भई रामग्राम-२ हाटबजार बस्ने २१ वर्षीय कलिम मियाँ, भारत देवरिया थाना बरहजवा बस्ने अरुण मल र भारतको महाराजगन्ज थाना कोतवाली ग्राम बस्ने २८ वर्षीय शैलेश बर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।

प्रहरीको गस्ती टोलीले जाँचका क्रममा कलिम मियाँले लु १८ प ५२६९ नं. को मोटरसाइकलमा बसाली दुई जना किशोरीहरुलाई युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकलमा सीमा आएका भारतीय दुई युवकलाई जिम्मा लगाइरहेको अवस्थामा शंका लागि सोधपुछ गर्दा पीडित किशोरीहरुलाई ललाइफकाई भारतको गोरखपुरतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई तत्काल उद्धार गरिएको र पक्राउ परेका युवकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

1620
Shares

ट्रेन्डिङ