सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा आलु ब्रान्डिङ प्याकिङ सहित बजारीकरण सुरु , पहिचान सहितको चिनारी हुने आसामा किसान

काभ्रेमा आलु ब्रान्डिङ प्याकिङ सहित बजारीकरण सुरु , पहिचान सहितको चिनारी हुने आसामा किसान

885
Shares
काभ्रेमा आलु ब्रान्डिङ प्याकिङ सहित बजारीकरण सुरु , पहिचान सहितको चिनारी हुने आसामा किसान

पुजन धिताल / काभ्रे :- काभ्रे आलु उत्पादनको हब नै मानिन्छ। जिल्लाको पनौती नगरपालिकाको वडा न ३ मा आलु भन्डारन सहितको प्याकेजिङ सुरु गरिएको छ । ।सोही आलुलाई जिल्लाकै चिनारी बनाउन र स्थानिय उत्पादनलाई ब्रान्डिङ गर्ने हेतुले प्याकेजिङ सुरु गरिएको हो ।

२ किलो , ३ किलो र ५ किलो आलुको तत्काल प्याकेजिङ हुने गरी ब्रानडिङ सुरु गरिएको हो । अब काभ्रेको आलु ब्रान्डिङ सहित बजारीकरण हुने भएको हो ।प्रधानमन्त्री कृषि आधुनिकरण सुपरजोन परियोजनाको आर्थिक सहयोग सहित भन्डारन कक्ष , निर्माण सहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको हो ।अहिले बजारको माग बमोजिम गुणस्तरीय समान बजार पुर्याउने गरी पनौती ३ मा एक तले भवन सहित बजारीकरण सुरु भएको छ ।


” काभ्रेको चिनारी कोसेली आलुको तरकारी ” भन्ने नारा सहित स्थानिय उत्पादित आलुलाई ब्रान्डिङ सहितको प्याकेजिङ सहित बजारीकरण समेत सुरु गरिएको हो ।

प्रतीकेजि ८० का दरले प्याजिङ गरिएको आलु बजार जाँदै छ। निर्माण गरिएको भन्डार कक्ष र प्याकेजिङका लागी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले १४ लाख बडी सहयोगमा निर्माण र आलुको ब्रान्डिङ सुरु गरिएको हो । ग्रेडिङ सहितको यो खाल्को प्याक्जिङले आफुलाई मन पर्ने जातको लालु खरिद गरि लैजान सकिने छ । कृषि लागेका ब्यवसायिक किसानलाई सहजीकरण र सहयोग गर्दै आईरहेको कार्यलयका प्रमुखले बताए । जुन किसानले काम गर्नु हुन्छ उहालाई नै कार्यलयले आवसयक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै किसानको साहायताका लागी कार्यलयले सुचिकृत गराउने झन्झटलाई समेत हटाएको दाबी गरे। र ठुक्क भएर काभ्रेले प्याकेजिङ गरेको आलु खरिद गरेर प्रयोग गर्न समेत अपिल सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले बताए ।

आलु सुपर जोन कार्यलय बनेपाका प्रमुख जय महतोले कार्यलयले आलु उत्पादन वृद्धि गर्न मल्चिङ प्रविधी लगाएत कार्य गर्दै आईरहेको र बजेटको कारण सबै किसानलाई समेट्न नसकिएको महतोले जानकारी दिनु भयो । आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सन्चालन गर्दै आईरहेको छ । सम्रचना बनाउनका लागि कार्यलयले १२ लाख भन्दा बडी र अन्य कार्यका लालागी कार्यलयले सहयोग गरेको महतोको दाबी थियो । आगामी दिनमा आलुको प्याकेन्जिङ र ब्रान्डिङलाई कसरी राम्रो बनाउन सकिन्छ त्यो समेत कार्यलयले सहजीकरण गर्ने वाचा समेत ब्यक्त महतोले गर्नु भयो ।

वडाबाट गर्न सकिने सहयोग प्रतिबद्धता ब्यक्त पनौती वडा न ३का वडा अध्यक्षले ब्यक्त गरे । साना किसानलाई समेत समाबेश गर्दै अघि बड्न सुझाब समेत ब्यक्त गरेका थिए । यता आलु नै ३ प्रविधि बाट खेति गरिरहेका पनौती ३ का राजेन्द्र थापा भने तिनै प्रविधि मध्ये बिउका लागी एरोनिक प्रविधि र उत्पादनका लागी मल्चिङ्ग संगै पुरानो पदति नै उचित रहेको तर्क गर्छन।

आज आलु प्याकेजिङ सुभारम्भ कार्यक्रममा पनौती वडा न ३ का वडा अध्यक्ष , प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना आलु सुपजोन काभ्रे र सिन्धुपाल्चोक कार्यलयका प्रमुख तथा आलु सुपर्जोन कार्यक्रमका समन्वय समितिका प्रदाधिकारी देखि आम उपभोक्ताको समेत उपस्थिति रहेको थियो ।

885
Shares

ट्रेन्डिङ