सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धुलिखेलमा भ्रष्टाचार विरुद्धको अभियान, समाजमा क्रियाशिल महत्वपूर्ण संघ संस्थालाई छैन खबर

धुलिखेलमा भ्रष्टाचार विरुद्धको अभियान, समाजमा क्रियाशिल महत्वपूर्ण संघ संस्थालाई छैन खबर

5365
Shares
धुलिखेलमा भ्रष्टाचार विरुद्धको अभियान, समाजमा क्रियाशिल महत्वपूर्ण संघ संस्थालाई छैन खबर

काभ्रे, २३ भदौ/ इन्द्र बहादुर थापा । धुलिखेलरजिल्लाको धुलिखेलमा भ्रष्टाचार विरुद्धको अभियानको सिलसिलामा प्ले कार्ड सहित ¥यालीको आयोजना भयो । नागरिक समाज सञ्जाल काभ्रेपलाञ्चोकको आयोजनामा ¥याली सम्पन्न भएको हो । धुलिखेलको सरस्वती बजारबाट प्ले कार्ड सहितको ¥याली धुलिखेल नगरपलिकाको सभाहलमा गई कोण सभामा परिणत भएको थियो ।

जिल्लालाई भ्रष्टाचार मुक्त गर्ने उद्देश्यका साथ यो भ्रष्टाचार विरूद्धको अभियानको आयोजना गरिएको नागरिक सामाज सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जानकारी गराए । यस जिल्लामा जस्तै बिभिन्न चालिस जिल्लाहरूमा पनि यो अभियानको सुरुवात भएको पनि संयोजक तिमल्सिनाले दिए । देशमा सरकारी निकायको कर्मचारीबाट भ्रष्टाचार हुने गरेकाले सरकारी कर्मचारीहरू जिम्मेवार होउन् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले बताए । विभिन्न सञ्चारमाध्याममा भ्रष्टाचारको समाचार आईरहेकाले भ्रष्टाचार अन्त्यका लागि यो अभियान सञ्चालन गर्नु परेको पनि तिमल्सिनाको भनाइ थियो ।

यो अभियानले पक्कै पनि भ्रष्टाचारमा कमी आउने आयोजकको दाबी रहेको छ । सरकारी अधिकारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले यो अभियान बडो सान्दर्भिक रहेकोले हामी सवै एक भएर लागेमा पक्कै पनि भ्रष्टाचार अन्त्य हुने बताए । जो कसैले कानुन विपरित भ्रष्टाचार जस्तो जघन्य अपराध गर्छ भने त्यसलाई हदै सम्मको कारवाही हुनु पर्ने पनि सिमखडाले बताएका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर टि।पी। शर्मा तिमल्सिनाले भने–‘हामीलाई जनताको सेवाका लागि जनताले नै विस्वासका साथ चुनेर पठाएकाले हामीबाट त्यस्तो जघन्य अपराध नहुने र कहिले पनि गर्ने छैनौं । कसैले भ्रष्टाचार गर्न खोज्छ भने उनीहरुलाई कारवाहीको दायरामा ल्याउने प्रयास गर्छौं ।’

त्यस्त कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख विमला शर्मा लगायत अन्य उपस्थितहरुले भ्रष्टाचार विरुद्ध आ–आफ्ना धारणा राखेका थिए । भने अभियानलाई सहमती जनाउदै ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रतिबद्धता जनाउँदै जिल्लाका ८५ जना सरकारी कर्मचारीहरूले हस्ताक्षर गरेका थिए । नागरिक समाजका अगुवा तथा नागरिक समाज सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रमा सुशासन कायम गर, भ्रष्टाचारीलाई सार्वजानीक गर, म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचारको बिरोधी हुँ, भ्रष्टाचारलाई निर्मुल पारौँ, कर्तव्यको सहि पालना गरौँ, जवाफदेहिता अपनाऔँ, घुस लिने र दिने दुवै देशको शत्रु हुन जस्ता विभिन्न नारा लेखिएको प्ले कार्ड सहित ¥यालिको आयोजना भएको थियो ।

कार्यक्रममा जिल्लामा सञ्चालित विभिन्न संघसंस्था लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उपस्थिती रहेको अभियानमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, उद्योग बाणिज्य महासंघ जस्ता समाजका जिम्मेवार संस्थाहरूलाई भने आयोजकले छुटाएका छन् । केही एनजिओ आइएनजिओलाई मात्र समेटेर अभियान सञ्चालन गरेकाले नागरीक समाजलाई बिभिन्न प्रश्न विभिन्न व्यक्तिहरूबाट उठाएका छन् ।

‘जिल्लामा अभियान सञ्चालन गरिरहदा नागरिक समाज भ्रष्टाचार र भ्रष्टाचारीको पक्षपोषण गर्न सक्दैन, यति मात्र हो की नागरिक समाजको परिभाषा र दायरा अलि साँघुरो भयो की रु’ नेपाल पत्रकार महासंघ नागरिक समाज होइन र भन्ने जस्ता प्रश्न पनि नागरिक समाज काभ्रेलाई पत्रकार महासंघ काभ्रेले उठाएका छन् । पत्रकार महासंघ जस्ता थुप्रै जिल्लामा क्रियाशिल विभिन्न जिम्मेवारी निभाउँदै आएका महत्वपूर्ण संघ संस्थालाई बाहिर राखेर अभियान सञ्चालन गर्दा अभियानको उदेश्य पुरा होला की नहोला त्यो नागरिक समाज काभ्रेले मनन गर्न आवश्यक छ ।

5365
Shares

ट्रेन्डिङ