सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रिलिज हुने शेरबहादुरको यस्तो छ फस्टलुक !

रिलिज हुने शेरबहादुरको यस्तो छ फस्टलुक !

2985
Shares
रिलिज हुने शेरबहादुरको यस्तो छ फस्टलुक !

आर राजवंशी निर्देशित सिनेमा ‘शेरबहादुर’को रिलिज डेट तय गरिएको छ । माघ २६ लाई सिनेमाले रिलिज डेट छनोट गर्दै पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको सिनेमामा कोशिस क्षेत्रीको शब्द/संगीत रहेको छ ।

सिनेमाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले ‘शेरबहादुर’ घोषणा ताका जानकारी दिएको थियो ।फिल्मी कुरा बाट

2985
Shares

ट्रेन्डिङ