सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • १७ सय सडक बालबालिकाको उद्धार

१७ सय सडक बालबालिकाको उद्धार

8760
Shares
१७ सय सडक बालबालिकाको उद्धार

छिटै काभ्रेका सडक वालवालिकाहरू पनि उद्धार गर्ने 

काभ्रे,असोज ५ /इन्द्र बाहादुर थापा । पुलचोक ललितपुरमा रहेको ए.पी.सी नेपाल नामक गैरसरकारी संस्थाले १७ सय सडक बालकालिकाहरुको उद्धार गरिइएको भैसकेको छ ।


सन २००१ म स्थापना भएको सोही संस्थाले १० वर्षमा करिव १७ सय सडक बालबालिकाको उद्धार गरिइएको हो । काभ्रेको सदरमुकाम धुलिखेलमा आयोजना गरिइएको दुईदिने क्षमता अभिवृद्धि तालिममा यस्तो जानकारी ए.पी.सी नेपालका कार्यकारी व्यवस्थापक निलकण्ठ आर्चायले दिइएका हुन ।


सोही संस्थाका व्यवस्थापक आर्चायले विभिन्न कारणले अभिभावक नभएर सडकमा पुगेका बालबालिकाहरुको उद्धार तथा रोकथाम गर्दै आएको बताए । तीन महिना भित्रमा परिवारिक पुनः मिलन गर्ने र कोही सम्पर्कमा अनाएको र नभएकोहरुको लागि संस्थाले अर्कै संस्थामा ट्रन्र्सफर गरेर पढाई दिने काम गर्दै आइरहेको छ उनले भने,‘विशेष गरी काठमाण्डौको बसन्तपुर, नुवाकोट, र धादिङका विभिन्न शहरमा रहेका सडक बालकालिकाहरुको उत्थानको लागि कार्यक्रमहरु गरिदै आईरहेका छन काभ्रेमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’

वालबालिकाहरू उत्थान गर्न केन्द्रिय बाल कल्याण समिति लगायतको सहयोगमा उद्धार गर्ने पनि आचार्यले जानकारी गराएका हुन् । यस संस्थाले उद्धार र रोकथामको काम गर्दै आएका छन् । यस खालको वालबालिकाहरूलाई रोकथाम र उद्धार गर्ने काम नेपालमा पहिलो यही संस्थाले सुरु गरेको पनि आचार्यले दावी गरेका छन् ।

8760
Shares

ट्रेन्डिङ