सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालको चरम लापरवाही, एचआइभी नभएकोलाई भएको पुष्टि गरियो

रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालको चरम लापरवाही, एचआइभी नभएकोलाई भएको पुष्टि गरियो

5320
Shares
रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालको चरम लापरवाही, एचआइभी नभएकोलाई भएको पुष्टि गरियो

बनेपा, १४ पुस : बनेपाको बुडोलमा रहेको रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले आँखाको उपचार गराउन गएकी एक महिलालाई एचआइभी एड्स लागेको पुष्टि गरी व्यक्तिगत मानहानी गरेको पाइएको छ । अस्पतालले एड्सको पुष्टि गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उपचार गर्न आनाकानी गर्दै हल्लीखल्ली गरेका थिए । एचआइभी नभएकी निरोगी महिलालाई एचआइभी एड्स भएको पुष्टि गर्दै अनर्गल प्रचार गरिएपछि पीडित महिला यतिबेला मानसिक रुपमा विचलित भएकी छिन् ।
एड्स भएको पुष्टि हुँदा पनि सम्बन्धित व्यक्तिको अनुमतिमा मात्रै दम्पतीको बीचमा खुलाउन मिल्ने प्रावधान रहेको छ । तर रेयुकाई आँखा अस्पतालले भने सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिएर अस्पतालभर हल्लीखल्ली गरेको पीडित महिला बताउँछिन् । जसकाकारण आम सर्वसाधारणसम्म उक्त हल्ला डडेलोझै फैलियो । श्रीमान र श्रीमतीको बीचमा पनि सहमति वा सम्बन्धित व्यक्तिको स्वीकृतिमा मात्रै खुलाउनु पर्ने गोपनीयताको कुनै ख्याल नराखी पब्लिकमा समेत सार्वजनिक गर्दै उपभोक्ता अधिकार र गोपनीयताको हकमाथि गम्भीर खेलबाड उक्त अस्पतालले गरेको छ । यस्तो अवस्थामा अस्पतालले आम माफी माग्नु पर्ने र पुष्टि गर्ने स्टाफलाई कारबाही नगरे सम्बन्धी व्यक्ति अदालत जानसक्ने कानुनी व्यवस्था भएको अधिकारकर्मीहरु बताउँछन् ।

काभ्रेकी ती महिलालाई एचआईभी एड्स लागेको पुष्टि अस्पतालले गरेपछि ती महिलाले अस्वीकार गर्दै धुलिखेल अस्पतालमा पुनः परीक्षण गराएकी थिइन् । धुलिखेल सामुदायिक अस्पतालमा परीक्षण गरेपछि अस्पतालका डाक्टरहरु बसेर पीडित महिलालाई एचआइभी नभएको पुष्टि गरेका थिए । धुलिखेल अस्पतालले पीडितका परिवारलाई सम्झाउँदै भ्रमका कारण मानसिक रुपमा विचलित नहुन र बाहिर सार्वजनिक नगर्न सुझाएका थिए । धुलिखेल अस्पतालका स्वाथ्यकर्मीहरुले डाक्टरको लापरवाहीका कारण गलत रिर्पोट बाहिर ल्याएकोले पीडितलाई चिन्तित नहुन सुझाएका थिए ।
आँखा सम्बन्धी सामान्य विरामीलाई एचआइभी एड्स भएको पुष्टि गरेपछि उक्त आँखा अस्पताललाई स्वास्थ्यसम्बन्धी कुनै जानकारी नभएको जानकारहरु बताउँछन । अस्पतालले यसरी झुट्टो अभियोग लगाउने र व्यक्तिको स्वास्थ्यमाथि खेलबाड गरी गोपनीयताको हक उल्लंघन गरी नभएको रिपोर्ट बाहिर ल्याएर गम्भीर अपराध गरेको कानुनविदको भनाई छ । भएका विरामीहरुलाई पनि बाँचौंबाँचौ लाग्ने गरानु पर्नेमा अस्पतालले हिनताबोध गराएर अपराध गरेको विश्लेषकहरु बताउँछन् ।
अस्पतालको लापरवाहीका बारेमा अस्पताल सञ्चारक समितिका अध्यक्ष मधुप्रसाद आचार्यसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । यसअघि अस्पतालमा स्थानीय र पीडित पक्षसँग भएको वार्तामा अस्पताल सञ्चालकले १ हस्ताभित्र नभएको रिपोर्ट बाहिर ल्याउने कर्मचारीलाई निश्काशन गर्ने सहमति गरेको थियो । निश्काशनको कारबाही गरेको लिखित पत्र उपलब्ध गराउने र पीडितसँग आम माफी माग्ने भनिएको थियो । तर, अस्पतालले एकसाता वित्दा पनि पीडितसँग कुनै सम्पर्क नगरेको बुझिएको छ ।

5320
Shares

ट्रेन्डिङ