सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देउसी भैलोबाट संकलन रकम सामाजिक कार्यमा

देउसी भैलोबाट संकलन रकम सामाजिक कार्यमा

3315
Shares
देउसी भैलोबाट संकलन  रकम सामाजिक कार्यमा

दाङ, ७ कात्तिक ,यहाँका क्रियाशील पत्रकारहरूले खेलेको देउसी भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाइने भएको छ ।

तुलसीपुरमा रहेका क्रियाशील पत्रकारहरूले लोप हुँदै गएको तिहारको मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले ‘संस्कृतिमा सञ्चार भैलोमा पत्रकार’को नारा अघि सारेर तिहारमा भैलो खेलेका थिए ।

तिहारको तीन दिनसम्म खेलिएको देउसी भैलोेबाट संकलित रकमको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्न लागिएको पत्रकार गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउसी भैलोेबाट रु ९२ हजार संकलन भएको र यसबाट पहिलो चरणमा केही रकम सामाजिक क्षेत्रमा लगानी गर्न लागिएको हो भने बाँकी रकम पत्रकारको क्षमता अभिवृद्धिका लागि सांस्कृतिक तथा पर्यटकीय पत्रकारिताको विकासमा लगाइने भएको छ ।

आधुनिकताको विकाससँगै तिहारमा पनि फरक संस्कारको विकास हुन थालेपछि परम्पराको संरक्षणका लागि सन्देश प्रवाह गर्ने लक्ष्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो ।

गत वर्ष पनि खेलिएको देउसी भैलोेबाट संकलित रकम सामाजिक क्षेत्रमा र पत्रकारको राहत कोषमा जम्मा गरिएको बताएको छ । (रासस)

3315
Shares

ट्रेन्डिङ