सबैको समाचार
बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • अब राप्रपालाई पुरानो चश्माले हेरेर वृद्धहरुको पार्टी भन्नु गलत हुन्छ

अब राप्रपालाई पुरानो चश्माले हेरेर वृद्धहरुको पार्टी भन्नु गलत हुन्छ

8845
Shares
अब राप्रपालाई पुरानो चश्माले हेरेर वृद्धहरुको पार्टी भन्नु गलत हुन्छ
राप्रपा नेपालका युवा नेता प्रकाश रिमाल लामो समयदेखि राजनैतिक सामाजिक रुपमा क्रियाशिल व्यक्ति हुन् । २०४६/४७ सालदेखि स्थानिय शिक्षक पेशामा रहि नेपाल शिक्षक परिषदको संस्थपक सदस्य, २०५४ को स्थानीय निर्वाचनमा शिक्षक पेशा छोडी सितापाइला गाविसको निर्वाचित वडा अध्यक्ष भएका थिए ।
काठमाडौं युवा संगठनको अध्यक्ष दुई कार्यकाल काम गरी राप्रयुसं नेपालको केन्द्रीय सदस्य, केन्द्रीय महासचिव हुँदै हाल वहाँ राप्रपा नेपाल सम्बद्ध राप्रयुस नेपालको केन्द्रीय अध्यक्ष रहेका छन् । गत संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट उमेद्वार भई सम्मानजन मत हाँसिल गर्न सफल भएका रिमाल राप्रपा नेपाल भित्रको लोकप्रिय, सृजनशिल, पारिश्रमिक, प्रष्ट वक्ता तथा युवा नेताको रुपमा सुपरिचित रहेका छन् ।
राप्रपा नेपालको विगत राप्रपा सँगको एकिकरण र आगामी दिनमा राप्रपाले चाल्ने कदम, भूकम्प पुनःनिर्माण, युवा र राजनीतिका विषयमा केन्द्रीत रहेर उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
४० प्रतिशत युवा जनशक्ति भएको देशमा युवा नेतृत्वको आवश्यकता छ ।
राप्रपा नेपाल पुरानो पार्टी हो तर अहिले युवाले नेतृत्व गरेका छन् ।
दुई राप्रपाको मिलन भएपश्चात आउने महाधिवेशनले केन्द्र देखि क्षेत्रसम्मको काम कर्तव्य र अधिकार प्रत्यायोजन गर्ने छ ।

राप्रपायुसंघ नेपाल अहिले के गर्दै छ ?
राप्रपा नेपालले २०७३ असार ९ र १० गते काठमाडौंको राष्ट्रिय सभा गृहमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । हजारौँ युवाहरुको भावनाबाट नेतृत्व चयन भएको छ । अहिले हामी देश व्यापी रुपमा संगठन निर्माण, विस्तार र प्रशिक्षण गर्ने कार्यक्रमका साथ अगाडि बढेका छौँ ।

संगठन बिना हामी हाम्रो मान्यता स्थापित नहुने हुँदा हाम्रो पहिलो प्राथमिकता संगठन र प्रशिक्षण केन्द्रीत भएर लागेका छौँ । अहिले दुवै पार्टी एकिकरण हुँदा दुवै पार्टीको युवा संगठनलाई एकिकृत गर्ने छलफल भइरहेको छ साथै यसलाई नेपाली जनता र युवाहरुको भरपर्दो र विश्वासीलो संगठन बनाउने अभियानमा छौँ ।

राप्रपा नेपाल र राप्रपा विच एकिकरण भएको छ, अब कसरी अगाडि बढ्छ ?
राप्रपा नेपाल र राप्रपा विचको एकिकरणको हल्ला बेला बेलामा आइरहन्छ भन्ने मानसिकता मानिसहरुमा परेको थियो । गत मंसिर ६ गते दुई पार्टीको एकिकरण भएको छ । दुवै पार्र्टीको पृष्ठभूमी एउटै हो । दुवै पार्टीको स्थापना एउटा परिवेशमा भएको छ ।

जे जसरी अहिले उठेका मुद्धाहरुमा र राष्ट्रियता सम्बन्धमा लगभग एउटै दृष्टिकोण छ । कार्यकर्ताहरुको भावना, विचारमा, दुईमत छैन, केन्द्रीय तहमा केही मुद्दाहरुमा केही फरक देखिएता पनि भावनामा फरक छैन तसर्थ यि दुवै पार्टीको एकिकरणको जरुरी थियो । एकिकरण भएको छ । पार्टी एकिकरणको आवश्यकता थियो । यो जनता कार्यकर्ता र राष्ट्रिय आवश्यकता थियो ।

पार्टीले उठाएको राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दूत्वको मुद्दाहरु स्थापित गर्ने जमात तयार गर्न निर्वाचन मार्फत मुद्दा स्थापित गर्न दुवै पार्टी एकिकरणको विकल्प नै थिएन । विभिन्न अवस्थाको विश्लेषण गर्दा देश एउटा शशक्त राष्ट्रवादी प्रजातान्त्रीक शक्तिको एक हुन जरुरी थियो र अहिले एकिकरण भएको छ । यो एकिकरणले सबैतिर उत्साह बढेको छ । राष्ट्रवादी प्रजातन्त्रवादी शक्ती निर्माण अभियानको बाटो खुलेको छ ।

संवैधानिक राजा र हिन्दू राष्ट्रमा राप्रपा सहमत हुन्छ त ?
पहिलो हुन त समय सबैभन्दा ठूलो, बलवान् हुन्छ । हिजोका दिनमा गणतन्त्र, धर्मनिरपेक्षताको कुरा गर्नेहरु आफुलाई अग्रशक्ति मान्थे अहिले ति मुद्दाहरु नेपाल, नेपाली जनताको होइन आयातित मुद्धा हुन् भन्ने बुझिसकेका छन् ।

जातिय संघियताको कुरा गर्ने पछाडि हटेर संघियतामा पुगेका छन् । केही दल सहमत नभएपनि संघियताले देश टुक्राउने आधार बन्न सक्छ, अस्थिरता वढ्न सक्छ भन्न थालिसके । हिजो २०४६को निर्वाचनमा ४ सिट, १३औ स्थिानको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, अखण्ड नेपालको मुद्दा, उठाउने दल राप्रपा नेपाल चौथो शक्ति भएको छ । अहिले देशमा बाह्य प्रभाव चरम छ । स्वाधिनतामाथि प्रश्न चिन्ह खडा भएको छ । सार्वभौमसत्ता नेपाली जनतामा छ/छैन प्रश्न चिन्ह खडा भएको छ ।

जनतामा दल र नेता प्रति विश्वासको संकट खडा भएको छ । यस्तो अवस्थामा देशको आवश्यकता के हो ? के गर्दा राष्ट्रियता बलियो हुन्छ ? पहिचान कायम हुन सक्छ ? हिजोको पृष्ठभूमी र आजको आवश्यकताले दलको मुल्य मान्यता स्थापित हुने हो ? पार्टीको विधी र प्रक्रिया हुन्छ, महाधिवेशनबाट सबै मुद्दा छिनोफानो हुने हुँदा अहिले कसको के मा सहमत, असहमतले केही अर्थ राख्दैन ।

कुरा नमिल्ने वित्तिकै विभाजन गर्ने, टुक्राउने बानी परेका नेताहरु एक भइरहन्छन् होला र ?
मलाई लाग्छ विगतमा जे जस्ता घटनाहरु भए त्यो बाट सबैले पाठ सिक्नु पर्छ, दल भित्र विचार फरक भए पनि मुद्दामा असमझदारी भए पनि विधि र प्रक्रियाबाट टुंगाउने बानीको विकास गर्नु पर्छ ।

विभाजनले कमजोर बनाउँछ भन्ने पाठ सिक्नु पर्छ । काँग्रेस र एमाले विभाजन पछिको एकता र ति दल भित्रको शक्ति संघर्ष र व्यवस्थापनबाट हामीले पनि सिक्नु पर्छ । नेताहरुले सुझबुझबाट भएको एकिकरण र पेशाको वर्तनमान अवस्थाको नेताहरु राम्रोसँग जानकार भएको हुँदा व्यवस्थापन गर्न सक्दछन् भन्ने लाग्छ र हामी युवाहरु पनि व्यवस्थापन प्रभावकारी बनाउन दवाव दिन्छौँ ।

Prakesh Rimal

राप्रपा नेपालको मुद्दाहरु स्थापित हुन्छ जस्तो लाग्छ ?
हामी सबैले अहिलेको अवस्थाको गहन रुपमा अध्ययन र विश्लेषण गर्न जरुरी छ । हामी वार्ता, छलफल गरिरहेका छौँ । किन दिन प्रतिदिन राजनैतिक अस्थिरता बढ्दै गएको छ, बाह्य हस्तक्षेप बढेको छ । कमजोर आर्थिक अवस्था, जनतामा नैराश्यता बढ्दै गइरहेको छ यो कुरामा गम्भिर हुनु जरुरी छ ।

जनता सचेत भइरहेको अवस्थामा राष्ट्रियता कमजोर हुनुको कारण खोज्दा हामी के पाउँछौ ? हिन्दू राष्ट्रको पहिचान मेटाउदा बाह्य प्रभाव, आर्थिक लाभको उपस्थिती थियो कि थिएन ? संघियता, अंगिकृत नागरिकता अनि अंगिकृत नागरिकताधारीलाई राज्यको प्रमुख पदमा राख्नु पर्छ भन्ने चर्चा, देशको व्यापार घाटा, हिजोका उद्योगधन्दाहरु बन्द हुनु, नयाँ खोल्ने वातावरण नबन्नु आदि विषयको समाधानको विकल्प खोज्दा हामी के पाउँछौँ, यस आधारमा राप्रपा नेपालको मान्यता र मुद्दाले स्थान पाउँछ कि पाउँदैन भन्ने स्वार्थसिद्ध हुन्छ ।

यदि ति मुद्धा स्थापित नभए हामीले खोजेको समृद्ध नेपाल, स्थिर नेपाल स्वाधिन नेपाल, पहिचान सहितको नेपालको परिकल्पना गर्न सक्छौ ? तसर्थ ढिलो चाँडो राप्रपाको मुद्धामा देश पुग्नै पर्छ । अहिले काँग्रेसी प्रभावशाली नेताहरु हिन्दू राष्ट्रको कुरा गरिरहेका छन् । किन ? यो कुरा सबैले बुझ्नु जरुरी छ । तसर्थ अहिले राप्रपा नेपाल र राप्रपा एकिकरण पछि पनि माथिका विषयमा गम्भिर भएर आगामी महाधिवेशनबाट प्रष्ट मुद्धाहरुका साथ हामी नेपाली जनताको माझमा जान्छौँ । जनमतको आधारमा सबै मुद्धाहरु स्थापित गछौँ ।

तपाईंको विचारमा के गर्दा देशमा स्थिरता रहन्छ ? समृद्ध र स्वाधिन नेपाल बन्न सक्छ ?
सबै भन्दा पहिला देशमा रहेका राजनैतिक दल र नेताहरु इमान्दार बन्नु पर्छ । राजादेखि माओवादीसम्म र पहाड, हिमाल, तराई मधेशसम्मका राजनीतिक मुद्दा स्थापित गरि राजनैतिक व्यवस्था कायम गरी संविधानलाई सबैको हो भन्ने दायित्व कायम गर्न इमान्दार बन्न पछि बाह्य प्रभावबाट मुक्त भई नेपाल नेपाली जनता र नेपाली माटोप्रती उत्तरदायी भई छलफल गरी निकास निकाल्नु पर्छ ।

अनि देशको आर्थिक सामाजिक रुपमान्तरण गर्न युवाहरुको विदेश मोहबाट मुक्त गराई युवा केन्द्रीत आर्थिक कार्यक्रम लागू गरी देश भित्र उत्पादन बढाउन कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने, पर्यटन क्षेत्रलाई लगनीको लागि प्रोत्साहित गर्ने, उद्योगधन्दा खोल्न तयारी गर्ने, युवाहरुलाई स्वरोजगार, रोजगार र व्यवसायिक बनाउन राज्यले प्राथमिकता दिने, बाह्य प्रभावबाट मु्क्त भई देश विकासको लागि बाह्य सन्तुलन कायम गरि अगाडि बढ्ने गर्न सके हामी छोटो समयमा नै समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।

संविधान निर्माण गर्ने नाममा, राजनैतिक व्यवस्थाको नाममा हामीले धेरै वर्ष वितायौँ । अब स्थिर राजनैतिक व्यवस्था, स्वाधिन नेपाल र समृद्ध नेपाल निर्माण गर्ने दिशातर्फ हामी अगाडी बढ्न सकेनौ भने अस्तिरताबाट कहिले मुक्त हुन सक्दैनौं । यदि बेलैमा विचार नपु¥याए द्वन्द सृजना हुन्छ र कमजोर, अति गरिब र युवा विहिन देशमा परिणत हुने संभावनाबाट सबै सचेत हुन जरुरी छ ।

prakash-rimal

भूकम्प पछिको पुनः निर्माणलाई कसरी हेर्नुहुन्छ ?
भूकम्पले धेरै ठूलो विनाश गरेको छ । धेरै जनता घरवार विहिन भएका छन् । धेरैको वास अहिले पनि खुल्ला आकाश र पालमुनी रहेको छ । राज्यको तर्फबाट पुनः निर्माण जुन तवरबाट देखिनुपर्ने हो त्यो देखिएको छैन । दलहरुको प्राथमिकता भूकम्प पीडितको राहतमा भन्दा सत्ता खेलमा केन्द्रीत भएको देखिन्छ ।

सरकारी विद्यालय भत्किएका छन् । निर्माण गर्न सकेको छैन, विद्यार्थीहरु पढ्न पाएका छैनन् । सांस्कृतिक सम्पदाहरु निर्माणमा चासो छैन । पुरातात्विक भवनहरुलार्य वेलैमा निर्माण गर्न नसक्दा महत्वपूर्ण सम्पदाहर मासिने सम्भावना बढेको छ । सरकारी अस्पतालहरु सामुदायिक भवनहरुको हालत त्यस्तै छ ।

तसर्थ दल र सरकार प्रति जनताको विश्वास घट्दै गएको छ । वास्तविक पीडितलाई यो या त्यो नाउँमा राख्दा तथा पुननिर्माण रकम नदिने कार्याविधी तयार गरिएको छ । जग्गा धनी पुर्जालाई मात्र आधार बनाएर रकम बाँड्ने कार्याविधीले धेरै पीडितले पुननिर्माण रकम नपाउने निश्चित छ । तसर्थ कार्याविधी परिवर्तन गरी सबै भूकम्प पीडितलाई रकम वितरण गर्ने व्यवस्था हुनु जरुरी छ ।

राष्ट्रिय पुनसंरचना आयोग र त्यससँग सम्बन्धित विषयमा राप्रपाको धारणा के छ ?
समय सापेक्ष राज्यको पुनःसंरचना हुने डरमा राप्रपा जहिले सकारात्मक रहेको छ । अहिले विशेष गरि ठूला दल भन्नेहरु नै यसमा सकारात्मक देखिदैनन् । संविधानमा पुनःसंरचनाको कुरा उल्लेख गर्ने, आयोग बनाउने अनि आयोगलाई स्व्तन्त्रपूर्वक काम गर्न नदिने जुन खालको प्रवृत्ती देखिएको छ । यो नै गलत हो । आयोगको कामलाई प्रभाव पार्ने कामले समयमा निर्वाचन गर्ने र संविधान कार्यान्वयन हुनेमा समेत बाधा देखिएको छ ।

संविधान कार्यान्वयन र निर्वाचनको सम्भावना कत्तिको छ ?
अहिले सरकार र विशेष गरि ठूला दलहरु इमान्दार देखिएका छैनन् । विशेषगरी संविधान कार्यान्वयनको सन्दर्भमा राज्यको पुनसंरचना नभई स्थानिय निर्वाचनको सम्भावना कम छ । सम्माननिय निर्वाचन, प्रदेशको निर्वाचन र संसदको निर्वाचन नभई संविधान कार्यान्वय हुँदैन, पुनसंरचना र निर्वाचनको लागि मधेशकेन्द्रीत दलहरु सहमत हुन जरुरी छ ।

त्यो स्वदेशमा अहिलेसम्म सफलता हासिल हुन सकेको छैन । तसर्थ २०४७ माघ ३ भित्र चुनाव हुने संभावना देखिँदैन । संविधान कार्यान्वयन हुने सम्भावना अति कम हुँदै गइरहेको छ । यसको जिम्मेवारी ३ दलले लिनुपर्छ ।

संविधान कार्यान्वयनमा राप्रपाको जिम्मेवारी र भूमिका के हुन्छ ?  
अलग विचार फरक मत रहेपनि जनताको २/३ प्रतिनिधीले जारी गरेको संविधानलाई आलोचनात्मक समर्थन गरि संविधान भित्रबाटै मान्यता स्थापित गर्न क्रियाशिल राजनैतिक दल हो राप्रपा । संविधानले दिएको वैचारिक स्वतन्त्रता, दलमाथि प्रतिबन्ध नलाग्ने व्यवस्था, दुई तिहाइले संविधान संसोधन गर्न सक्ने व्यवस्था, आवधिक निर्वाचन आदिनको सकारात्मक व्यवस्थाको केन्द्रमा उभिइ राप्रपा जनताको मतको आधारमा आफ्नो मान्यता स्थापित गर्न संविधानलाई फरक मतमा साथ स्वीकार गर्नु नै राप्रपाको संविधान कार्यान्वयनमा देखिएको सकारात्मक भूमिका हो ।

निर्वाचन जनतालाई केन्द्रबिन्दूमा राखेर आगामी निर्वाचनलाई आफ्नो धेरै असहमतीका बावाजुद पनि अगाडि बढ्नु, संविधान भित्रको एउटा शक्तिको रुपमा क्रियाशिल गराउनु ने राप्रपाको भूमिकालाई सकारात्मक भन्नु पर्दछ । यसबाट संविधान कार्यान्वयनमा असहज पैदा गर्न, असहमती राख्ने शक्तिहरुले समेत राप्रपा बाट सिक्नुपर्छ ।

युवाहरुको पलायन, राजनीति प्रतिको वितृष्णालाई कसरी हेर्नुभएको छ ?
अहिले हाम्रो देशको विकराल समस्या भनेकै युवाहरु विदेशिनु, देश भित्र केही गर्न सकिँदैन भन्ने मानसिकता विकास हुनु हो । हरेक दिन १५सय देखि २ हजार युवाहरु विदेशी रहेका छन् । यदि ति युवाहरुलाई नरोक्ने हो भने देश युवा विहिन देशको रुपमा डरलाग्दो संकेद देखिन्छ ।

यसको लागि सबै भन्दा पहिले युवाहरुमा देखिएको विदेश मोहलाई रोक्नु जरुरी छ । विदेशमा युवाहरुले पाएको दुःख, पीडा, विदेशीदाको वास्तविकता र विशेशमा गएर युवाहरुले बगाउने पसिना देश भित्र बगाउन सके देश पनि समृद्ध हुन्छ भन्ने भावना जागृत गराउनु पर्ने देखिन्छ ।

राज्यले युवा मुखि आर्थिक कार्यक्रमलाई नारामा मात्रै सिमित नबनाई देश भित्रै केही गर्न चाहने युवाहरुलाई सहज तरिकाले सहयोग उपलब्ध गराउन सके भोली हुन सक्ने देशको भयावह स्थितीबाट मुक्त हुन सकिन्छ जस्तो लाग्छ ।

देशमा क्रियाशिल विशेष गरि ठूला दलहरु र त्यसका नेताहरुको जिवनशैली अविश्वासनिय क्रियाकलाप, देशलाई समृद्ध बनाउने योजना ल्याउन नसक्नु, सत्ता केन्द्रीत फोहोरी खेलमा पटक–पटक लागि रहनुले युवाहरुको राजनीति प्रति वितिष्णा जागेको छ । यसको लागि दलहरु र नेताहरुले आफ्नो आचरणमा सुधार गर्नु पर्छ ।

युवाहरुलाई राजनीतिमा ल्याउन के गर्नु पर्ला ?
देशलाई समृद्ध बनाउन, राजनैतिक शुद्धता कायम गर्न युवाहरु डिलमा बसेर हेर्ने मानसिकताबाट युवा भविष्यको कर्णधार नभई वर्तमानको साझेदार बनाउने नीति गर्न सके युवाहरु राजनीतिमा प्रवेश गर्छन र देशले उन्नती र समृद्ध बन्छ ।

राप्रपामा पञ्चायत देखिको पृष्ठभुमी भएको, व्यक्तित्व बनाएको नाम कमाएको प्रशस्त नेताहरु छन् । तपाईहरु जस्तो युवाहरु कसरी स्थापित हुन सक्नु होल ?
हाम्रो पार्टीमा कतिपय पुराना नेताहरु अहिले पनि क्रियाशील छन् । पार्टी निर्माणमा ठूलो योगदान छ । कतिपय नाम मात्र छ । क्रियाशिलता र सक्रियता कम छ । कार्यकर्ताहरु सचेत छन् । पार्टीको महाधिवेशनले क्रियाशील, अनुभवी, र सक्रिय युवाहरुलाई स्थापित गर्छ ।

हामी लामो समय देखि पार्टीमा क्रियाशील छौँ । पार्टीमा अनुभवी देखि नयाँ पुस्तालाई समेट्ने गरि पार्टीको विधानलाई परिमार्जन गर्नुपर्छ । युवाहरुको प्रवेशलाई समेत सुरक्षित गर्नुपर्छ भन्ने अभियानमा हामी छौँ । वर्तमान भूमिका गर्ने युवाहरुलाई भविष्यको सपना देखाउनु भन्दा वर्तमानमा नै साझेदारीको भुमीका दिनुपर्छ भन्ने हामी आवाज उठाइरहेका छौँ र नेतृत्व पनि यो विषयमा गम्भिर छ । पार्टीमा अधिकांश युवाहरु समेत केन्द्रीय नेतृत्वमा छन् । तसर्थ अब राप्रपालाई पुरानो चश्माले हेरेर वृद्धहरुको पार्टी भन्नु गलत हुन्छ ।

तमाम युवाहरु पार्टीमा सक्रिय भुमीकामा छन् । तसर्थ युवाहरु स्थापित भएका छन् । हुन्छन् पनि निरास हुनु पर्ने छैन । मुक्त भएर राजनीतिको मेरुदण्डमा उभिनु जरुरी छ । युवा भनेको सृजनशील, जोखिम मोल्न सक्ने, परिश्रमी, खट्न सक्ने वर्गको समुह हो । यस्तो समुह देशको मुल नीतिको रुपमा रहेको राजनैतिक क्षेत्रबाट अलग हुुन निश्चित रुपमा पनि देशको लागि ठूलो दुर्भाग्य हो ।

तर, देशमा क्रियाशील दलहरुले युवालाई यो क्षेत्रमा ल्याउन प्राथमिकताका साथ लाग्नुपर्ने देखिन्छ । युवाहरुलार्य ढुंगा हान्ने, पोष्टर टाँस्ने, आफुलाई चाहिँदा उपयोग गर्ने, नचाहिँदा वास्ता नगर्ने प्रवृत्तिबाट मुक्त हुनु जरुरी छ । दलहरुले युवालार्य वास्ता नगर्ने प्रवृत्ति मुक्त हुनु जरुरी छ । दलहरुले युवालाई राजनैतिक सहभागिताको लागि विधानमै व्यवस्था गरी दलको मुख्य भुमीका र राज्यको विभिन्न संयन्त्रमा सहभागिताको व्यवस्था आरक्षण गरि राख्नु जरुरी छ ।

नत्र राजनीतिको केन्द्र विन्दुमा यो श्रीजनशील पारिश्रमीक, जोखिम मोल्न सक्ने अहोरात्र खट्न सक्ने वर्गको प्रतिनिधित्व हुन सक्दैन । जसले समृद्ध नेपालको सपना साकार हुन सक्दैन । प्रहरी सेवा, निजामती सेवा, शिक्षा, सेना, लगायत सबै सेवाबाट युवा झिकिदिने हो भने त्यो क्षेत्र चल्न सक्दैन ।

उपस्थिती न्यून हुनु हो । ४० प्रतिशत युवा भएको देशमा राजनैतिक क्षेत्रमा युवा उपस्थित असाध्यै न्यून छ । यसलाई सम्बन्धित सबै पक्षले बुझेर युवा बाट राजनीतिक दल बनाउने वर्तमान नीतिलाई परिवर्तन गरी युवा भविष्यको कर्णधार मात्र नभइ वर्तमान साझेदार बनाउने नीति गर्न सके युवाहरु राजनीतिमा प्रवेश गर्छन् र देशले चाँडैनै उन्नति र समृद्धिको बाटो पहिल्याउने छ ।

prakashआमामी दिनमा पार्टीको अवस्था कस्तो रहन्छ होला ?
सबै दललाई जनताले परिक्षण गरिसकेको अवस्थामा अहिले बलियो राष्ट्रिवादी प्रजातन्त्रवादी दलको रुपमा वैकल्पिक शक्तिको रुपमा राप्रपालाई हेरिरहेको अवस्था छ । हामीले सुझवुझका साथ संगठन निर्माण गरी जनताको विश्वास कायम गरी अघि बढ्न सकेमा देशको पहिलो पार्टी, पहिलो शक्तिको रुपमा स्थापित हुने संकेत नेता कार्यकर्ता जनतामा देखिएको उत्साहले देखाएको छ ।
(सूचनाडबली मासिक पत्रिकाबाट)

8845
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर