काभ्रे : काभ्रेमा फेरी कोरोना संक्रमित बढ्न थालेका छन् ।
आज विभिन्न विधिबाट गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै अहिलेसम्म जिल्लाका १४ हजार ८५५ जना कोरोना संक्रमित भइसकेका छन् । आज गरिएको पिसिआर परिक्षणबाट ७ जनामा संक्रमण देखिएको हो । आज कोरोनामुक्त हुनेको संख्या शून्य रहेको छ ।
आजसम्म संक्रमित भएकामध्ये १४ हजार ४६४ जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । अब जिल्लामा सक्रिय संक्रमित पनि बढेका छन् ।
जिल्लामा सक्रिय संक्रमित संख्या आज २८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।
संक्रमितमध्ये २ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी २६ जना होम आइसोलेशनमा छन।