सबैको समाचार
बिहिबार, कार्तिक ६, २०७७
  • होमपेज
  • एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

काभ्रे : एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट भएका छन् । जिल्लाको १३ ओटै स्थानीय तहका दुई- दुई ओटा माध्यामिक विद्यालय छनौट भएका हुन् । धुलिखेल नगरपालिकाको वडा नम्बर २ मा रहेको सेतीदेवी र वडा नम्बर ११ को हनुमान माध्यामिक विद्यालय,बनेपा वडा नम्बर ३ को चण्डेश्वरी र वडा नम्बर २ को श्वयत बराह माध्यामिक विद्यालय,पनौती वडा नम्बर ८ को भालेश्वर र वडा नम्बर ७ को ईन्द्रेश्वर माध्यामिक विद्यालय छनौट भएका छन् ।

यस्तै नमोबुद्ध नगरपालिकाको जनकल्याण र बाल उज्वल माध्यामिक विद्यालय, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का र वडा नम्बर ६ को व्रह्मायणी माध्यामिक विद्यालय,पाँचखाल नगरपालिकाको महाँकाल र राम माध्यमिक विद्यालय छन् । त्यसैगरी महाभारत गाँउपालिका वडा नम्बर ५ को ग्रामोन्नती र वडा नम्बर ८ को जनकल्याण मा वि,भुम्लु गाँउपालिका वडा नम्बर १ को देवी मा वि र वडा नम्बर २ को जनता मा वि छन् ।

यस्तै तेमालको गाँउपालिका वडा नम्बर ३ को भुमे मा वि र वडा नम्बर ६ को पन्चकन्या मा वि, रोशी गाँउपालिका वडा नम्बर १० को पन्चकन्या र वडा नम्बर ११ को पोक्रा मा वि रहेको छ । त्यस्तै खानीखोला गाँउपालिकाको धार्ने ज्योती र शारदा मा वि,चौरीदेउराली गाँउपालिका वडा नम्बर ४ को सरस्वती र वडा नम्बर २ को खाँडादेवी मा वि र बेथानचोकगाँउपालिका वडा नम्बर १ को चक्रेश्वर माबि र वडा नम्बर ६ को आत्मा बिकास मा वि छनौट भएका हुन् ।

छनौट भएका विद्यालयका विद्यार्थीलाई नर्सलेस्वास्थ्य सेवा प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउने छ । यो कार्यक्रम प्रदेश सरकारले अघिल्लो आर्थीक वर्ष देखी सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका