सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसले गणेश लामालाई दियो टिकट

काभ्रे कांग्रेसले गणेश लामालाई दियो टिकट

4305
Shares
काभ्रे कांग्रेसले गणेश लामालाई दियो  टिकट

नेपाली कांग्रेसले काभ्रेबाट प्रदेश सभामा ‘गुण्डा नाइके’ गणेश लामालाई उम्मेद्वार बनाएको छ।लामा कांग्रेसबाट काभ्रेपलाञ्चको १ को (ख)बाट उम्मेद्वार बनेका हुन्।उनी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पनि कांग्रेसमा आएका हुन्l

काभ्रेमा कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्वार तीर्थ लामाले गणेश लामा प्रदेश सभाबाट उम्मेद्वार बनेको पुष्टि गरे।प्रहरीमा लामाविरुद्ध अपहरण र असुलीका उजुरी छन्।उनी विरुद्ध अकुत सम्पति कमाएको आरोपमा सम्पत्ति शुद्दिकरणको मुद्दा पनि चलिरहेको छ।

दोश्रो संविधानसभामा लामा काभ्रे २ बाट लडेका थिए। उनले त्यहाँ ४ हजार ९ सय ८ मत ल्याएका थिए।कांग्रेसबाट काभ्रेको प्रदेश सभामा १ (क) मा सिबी लामा,  २ (क) मा कञ्चनचन्द्र बादे र २ (ख) मा सुन्दरमणी आचार्य उम्मेद्वार बनेका छन्।अर्का ‘गुन्डा नाइके’  दीपक मनाङेलाई मनाङमा एमालेले समर्थन गरेको छ। आधिकारीक उम्मेदवारी फिर्ता लिएर एमालेले मनाङेको समर्थन गरेको हो।-सेतो पाटी बाट

4305
Shares

ट्रेन्डिङ