सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिन्धुलीगढीमा अंग्रेजले हारेको त्यो दिन…

सिन्धुलीगढीमा अंग्रेजले हारेको त्यो दिन…

4290
Shares
सिन्धुलीगढीमा अंग्रेजले हारेको त्यो दिन…

काठमाडौं–सिन्धुलीगढीमा अंग्रेज सेनालाई पराजित गरेको २५० वर्ष पुरा भएको छ ।  अंग्रेजमाथिको जीतको खुसीयालीमा हरेक वर्ष सिन्धुलीगढीमा  विजयोत्सव मनाइँदै आएको छ । विगतमा जस्तै यसवर्षपनि शुक्रबार विभिन्न कार्यक्रम गरी विजयउत्सव मनाउने तयारी गरिएको  छ ।

विसं १८२४ कात्तिक २४ गते ।  तत्कालिन इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा नेपालमा हमला गर्न भन्दै सिन्धुलीगढीसम्म आइपुगेको  २ हजार ४ सय अंग्रेजी अन्ततः पराजित बन्यो ।

वीर नेपाली बंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धलीगढीमा अंग्रेजलाई झुकाएर नेपाल र नेपालीको शीर उँचो पारेको थियो ।  नेपाली फौजले अंग्रेजलाई परास्त गर्न लडेको इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् ।  उक्त युद्दमा  १ हजार ६ सय अंग्रेज फौज मारिएका थिए ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउन लडाई भएको सिन्धुलीगढीलाई एक एतिहासिक स्थलको रुपमा लिइन्छ । जहाँ  सानोगढी र ठूलो पौवागढी गरी दुई गढी रहेका छन् ।  यस्तै त्यहाँको अर्को आकर्षण भनेको सिन्धुलीगढी दरबार पनि हो ।

त्यसैले त स्वर्गीय  कृष्ण विक्रम थापाले गीत नै बनाएका थिए–‘‘सिन्धुली गढी घुमेर हेर्दा, सिन्धुली माई कति राम्रो दरबार मार्योनी मायाले मार्र्याे….!
तर सिन्धुलीगढी र  दरबारको अहिले चमक हराएको  । दरबार कहाँ छ भन्ने नै थाहा हुन्न । ऐतिहासिक स्थल सिन्धुलीगढी र  दरबार निर्माण तथा संरक्षणको लागि सरकारी निकायले चासो नदिँदा यस्तो अवस्था उत्पन्न भएको हो ।

दरबार निर्माणको लागि छुट्टै बजेट विनियोजन गर्न जरुरी छ । तर हुन सकेको छैन  । हरेक वर्ष कात्तिक २४ लाई सिन्धुलीगढीमा विजयउत्सोव मनाइन्छ । विजयोत्सवको दिन दरबारको निर्माण र बिकासको बारेमा भाषण छाँट्ने काम हुन्छ ।  तर कार्यान्वयन हुँदैन ।

३० कोठे मूल दरबार, तबेला घर, पाले पहरेदार घर लगायत दरबार आसपासका सबै भवनहरु पूर्ण रुपमा भत्किएर भग्नाबशेष बनेको छ ।  दरबार निर्माण गर्दा दरबारको पुरानो आकारलाई झल्काउने गरी निर्माण गर्ने भनेर जिल्ला विकास समिति सिन्धुलीले पटक÷ पटक भन्दै आईएको छ । तर काम अहिले सम्म सुरु हुन सकेको छैन ।

ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण गर्नको लागि पुरातत्व विभाग र सम्बन्धित स्थानिय निकायले चासो नदेखाउदा दरबारको पहिचान नै हराउने चिन्तामा  स्थानीय सरोकारवाला रहेका छन् । यसो त मूल दरबारका जस्तापाता, कला र कृतिहरु चोरी भइसकेका छन् ।

दरबारको अवलोकन गर्न  पुग्नेहरु मर्मत सम्भार नहुँदाको भद्रगोल देखेर खिन्न भएर फर्कने गरेका छन् । कमलामाई नगरपालिकाको मेयर खड्ग खत्रीले दरबारको पुरानो संरचनालाई कलर गरेर राखेको बताउँदै विजयोत्सवको दिन सहिदहरुको सम्झनामा बनाईएको मनोस्मृतति स्तम्भको उदघाटनको तयारीमा रहेको बताए ।नेकपा एमालेबाट नगरपालिकाको मेयर बनेका खत्रीले दरबारको विकास बारे भने केहि खासै खुलाएनन् ।
विजयको सम्झनामा साइकल यात्रा
यसैबीच विजयोत्सवको अघिल्लो दिन काठमाडौ —सिन्धुली साईकल यात्रा सुरु गरिएको छ । यात्रामा विश्व साईकल यात्री पुष्कर शाहसहित  १ सय १३ जना साईकल यात्री र ५७ जना व्यवस्थापन समितिका टोलि रहेको जनाइएको छ । सम्वृद्ध सिन्धुली अभियान , नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र कमलामाई नगरपालिकाको सहकार्यमा साईकल यात्राको आयोजना गरिएको  पत्रकार डन्ड गुरुङले जानकारी दिए । आज विहान ८ः३० बजे उपराष्ट्रपति नन्द बहादुर पुनले साइकल यात्रीलाई बिदाई गरेका थिए ।

साईकल यात्रा आज सिन्धुलीको खुर्काेटमा बास बसेर भोलि विजयोत्सवको दिन सिन्धुलीगढीमा पुग्नेछ । विपि राजमार्गको बनेपा— सिन्धुली—बर्दिबास सडकखण्डको १ सय ५३ किलोमिटर दूरी पार  गरी सिन्धुलीगढी पुगिन्छ ।-रातो पाटी बाट

4290
Shares

ट्रेन्डिङ