सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

70
Shares
अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

बारा :- बारामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २, खजुरियाका बासिन्दा कुशवाह सख्त घाइते हुनुभएको थियो ।

उहाँको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।

उहाँले भन्नुभयो, ‘हामी घटनाको अनुसन्धानकै क्रममा छौं, अनुसन्धानपछि विस्तृत विवरण आउला ।’

70
Shares

ट्रेन्डिङ