सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने: प्रधानमन्त्री देउवा

कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने: प्रधानमन्त्री देउवा

2975
Shares
कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने: प्रधानमन्त्री देउवा

मंसिर १३,पोखरा। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ रु भनेर प्रश्न गरेका छन् ।

बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए ।

विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।

कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।

2975
Shares

ट्रेन्डिङ