सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आईतबार तोलामा २७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आईतबार तोलामा २७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

695
Shares
आईतबार तोलामा २७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य एकै दिन २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।

695
Shares

ट्रेन्डिङ