सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हरेक प्रदेशमा परराष्ट्रको एकाइ

हरेक प्रदेशमा परराष्ट्रको एकाइ

2695
Shares
हरेक प्रदेशमा परराष्ट्रको एकाइ

काठमाडौँ, पुस १३ । परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा आफ्नो एउटा एकाई राख्ने योजना बनाएको छ । उपसचिवको नेतृत्वमा रहने उक्त एकाइ मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी परराष्ट्रको छ ।
‘प्रदेशमा परराष्ट्र नीतिको प्रवर्द्धन, विदेशीसँग हुने भेटघाटको समन्वय र कन्सुलर सेवा प्रदान गर्न हरेक प्रदेशमा एउटा एकाइ (युनिट) राख्ने सोच हामीले बनाएको छौं तर यसले पुर्णता पाइसकेको छैन, परराष्ट्र सचिव शंकरदास बैरागीले भने, – मुख्यमन्त्रीको कार्यालयमा यस्तो युनिट राख्ने सोच छ ।’
-नागरिक दैनिक

2695
Shares

ट्रेन्डिङ