सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा खोलाले बगाउँदा एकजनाको मृत्यु

काभ्रेमा खोलाले बगाउँदा एकजनाको मृत्यु

16435
Shares
काभ्रेमा खोलाले बगाउँदा एकजनाको मृत्यु

काभ्रेमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको खानीखोला गाउँपालिका–५ सतिघाटस्थित खानीखोलाले बगाउँदा ४२ वर्षीय लोक्तोङ भनिने रामलाल बलको मृत्यु भएको हो ।

उनलाई आज खानीखोला–२ मकैबारीमा खुवा पु¥याएर फर्किने बेला खोला तर्ने क्रममा बगाएको थियो। उनको शव सोही वडाको खानीखोला पुलमुनि ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

खोलाले बगाएर एक युवा मृत अवस्थामा फेला परेको स्थानीयबाट खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट र घट्नास्थल नजिक रहेको फलामेटार प्रहरी चौकीको असाई सुनलाल रुम्बा नेतृत्वको टोली सो स्थानतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले जानकारी दिए। डिएसपी खतिवडाले घट्नाबारे विस्तृत जानकारी भने आइनसकेको बताए।

16435
Shares

ट्रेन्डिङ