काभ्रे : नेकपा एमालेको काभ्रेमा जारी १० औँ जिल्ला अधिवेशन अन्तर्गत आज मतदान सुरु भएको छ ।
विभिन्न ७९ पदका लागि मतदान भइरहेको हो । जारी एमाले अधिवशेनमा सदस्य पदका लागि आधा दर्जन पत्रकारले पनि उम्मेरदवारी दिएका छन् ।
एक दशक बढि पत्रकारीता पेशा अङ्गालेका पत्रकारहरुले सदस्य पदकालागि उम्मेरदवारी दिएका हुन् ।
उम्मेरदवारी दिनेहरुमा खुल्ला जिल्ला सदस्य पदका लागि भोजराज तिमल्सिना,नवराज बजगाईँ,खुल्ला महिलातर्फबाट सुर्यमाया दनुवार र सजना आचार्य रहेका छन् ।
त्यस्तै भूगोल सदस्य क्षेत्र नं १ बाट पुर्णचन्द्र सिग्देल,भूगोल क्षेत्र नं २ बाट श्याम सापकोटा गरी ६ जनाले उम्मेरदवारी दिएका हुन् ।
सदस्य पदका दाबेदार भोजराज तिमल्सिना पत्रकार महासंघ काभ्रेको अध्यक्ष समेत भइसकेका छन् ।
एमाले काभ्रेको नयाँ नेतृत्व चयनका लागि यतिबेला धुलिखेल नगरपालिकाको सभाहलमा मतदान चलिरहेको छ ।
प्रतिनिधिहरुले विद्युतिय भोटिङ मेसिनको प्रयोग गरेर मतदान गरिरहेका छन् ।
मतपरिणाम आजै आउने एमाले काभ्रेले जनाएको छ ।