सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य बन्यो

बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य बन्यो

4265
Shares
बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य बन्यो

लन्डन, पुस १३ ।  बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य रुपमा सम्पन्न भएको छ । लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भएको कार्यक्रममा विशिष्ट नागरिक, कलाकार तथा सञ्चारकर्मीसहित तीन दर्जन बढीलाई सम्मान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसेर आफ्नो ठाउँबाट निस्वार्थ नेपाल र नेपाली हरुलाई सेवा गर्ने तीन दर्जन बढी व्यक्तित्वहरुलाई प्रमुख अथिति एनआरएन युकेका अध्यक्ष योग कुमारी फगामी, विशिष्ट अथिति काउन्सिलर करम मोहोनले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

एक युगमा एक पटक आयोजना गरिने डाक्टर माइकल हट, डाक्टर रागत धिताल, डाक्टर सूर्य सुबेदी, डाक्टर पदम सिंखडा, महन्त बाहादुर श्रेष्ठ, कुल आचार्य, शोम सापकोटा, विजय थापा, निलहरि घिमिरे, मनिष श्रेष्ठ, शान्ती गुरुङ, सर्मिला बर्देवा, सिमि पुन, चरन प्रधान, कुसल श्रेष्ठ, मनिषा श्रेष्ठ, अमृत गिरी, आना डुरान्स बगाले, बासु शर्मा, बिकल चन्द्र आचार्य, गौरीका सिंह, हरि सिंह, कोमल मल्ल, मदन थापा, मनमाया सुनुवार, नवीन गुरुङ, प्रसुना कँडेल, सनम कुमार बैराग, सितु खरेल, सोमनाथ बासकोटा, सुशील प्रजापति, रबि जंग लामिछाने, ध्रुव दत्तलगायतलाई सम्मान गरिएको विश्व परिक्रमा यात्री तथा राष्ट्रिय बक्स अफिस फिल्मी क्लब नेपालका अध्यक्ष आर.के. सुवेदीले बताए ।

बेलायत नागरिक सम्मानमा देश–बिदेशका संचार माध्यम, निर्माता, निर्देशक, समाजसेवीलगायतलाई कदरपत्रबाट सम्मान गरिएको हो । कार्यक्रम निकै भब्य र सभ्य सम्पन भएकोमा प्रमुख अथिति, विशेष अथिति तथा उपस्थित भद्रभलादमीले बेलायत संयोजक सुरेन्द्र श्रेष्ठको कामको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा चर्चित कलाकारहरुले सांस्कृतिका प्रस्तुति समेत दर्शकमाझ पस्केका थिए । कार्यक्रम करिब ५ घण्टासम्म चलेको थियो । बेलायत आयोजक श्रेष्ठले यस नागरिक सम्मान कार्यक्रमको स्मारिका प्रकाशन गर्ने बताए ।
सम्मान कार्यक्रमका लागि विश्व परिक्रमा यात्री तथा नेपाल संयोज सुवेदीले एक महिना अघि नै बेलायत पुगेर विभिन्न कार्यक्रममा सरिक हुँदै आएका थिए । उनले बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठलाई कार्यक्रमका लागि सघाउँदै आएका थिए । कार्यक्रम भव्य र सभ्य बनेपछि उनले आफूले सोचेभन्दा कार्यक्रम सफल भएकोमा गौरव गरे । सम्मान कार्यक्रम गरेरै पृथ्वीको परिक्रमा गर्ने जमर्को बोकेका गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सुवेदीको कामको प्रसंसा गर्दै उनको लगनशीलता र विश्व जगतमा नेपालको नाम उचो बनाउन थालेको उनको यात्रामा साथ दिन आफूले बेलायतको यो विशिष्ट नागरिक सम्मान कार्यक्रम गरेको श्रेष्ठले बताए ।

विश्वयात्री सुवेदीले आफूले २१ बर्षको सकृय पत्रकारिताको शिलशिलामा १३७ औं कलाकारहरुकोको मैत्रीपूर्ण रमाइलो फुटबल आयोजनासँगै पोहिलो पटक खाडी मुलुक, एसियाली र युरोपेली मुलुकमा सफलतापूर्बक नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड र बल्क बस्टर नेपाली फिल्म अवार्ड सम्पन्न गर्ने सौभाग्य पाएको जनाए । योबीचमा आफूले समुन्द्री मुनि, समुद्र माथि, उडिरहेको हवाई जहाजमा समेत अवार्ड वितरण गर्दै विभिन्न चुनौतीको सामना गरिसकेको बताए । त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथाको वेश क्याम्पमा नेपाली चलचित्रको फिल्म अवार्ड सफलता पूर्वक सु–सम्पन्न गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् ।
उनले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको शक्तिपीठहरुमा राष्ट्रिय झण्डासहित देश र नेपाली जनतामा शान्ति र संमृद्धिको कामनासहित पृथ्वी परिक्रमाको अभियान शुरु गरेका हुन् । एक युगमा एक पटक आफ्नो विश्व भ्रमणको अवसरमा बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेसनलको ब्यानरमा सम्पन्न भएको नागरिक सम्मान कार्यकममा तीन सदस्यीय जुरी वरिष्ठ संचारकर्मी मदनकुमार श्रेष्ठ, गीतकार तथ नोट डिजाइनर्स सुन्दर श्रेष्ठ चलचित्र निर्देशक राजु अधिकारीले गरेको मुल्यांकनकै आधारमा ३२ बिधामा नागरिक सम्मान प्रदान गरिएको सुवेदीले जानकारी दिए । सुबेदीले हरेक वर्ष ७ वटा देश र नेपालको ३ जिल्लामा यस्तो गौरवशाली कार्यक्रम गरी आगामी २० बर्ष भित्र पृथ्वीको परिक्रमा सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

4265
Shares

ट्रेन्डिङ