सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • दयाहाङको रोमान्टिक अवतार “हेप्पी डेज” को पोस्टर र हेर्नुस ट्रेलर : ( भिडियो सहित )

दयाहाङको रोमान्टिक अवतार “हेप्पी डेज” को पोस्टर र हेर्नुस ट्रेलर : ( भिडियो सहित )

10590
Shares
दयाहाङको रोमान्टिक अवतार   “हेप्पी डेज” को पोस्टर  र हेर्नुस ट्रेलर : ( भिडियो सहित )

यस बर्षको सर्वाधिक बहुप्रतिक्षित चलचित्र “हेप्पी डेजी” को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले रिलिज मिति नजिकिदै गर्दा यसरी पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई समेटिएको छ ।

यस्तै उनीहरुको चलचित्र भित्रको भूमिकाको बारेमा पनि पोस्टरमा केहि खुलाउन खोजिएको छ । पोस्टरले अवश्य पनि दर्शकहरुमा चलचित्र प्रति उत्सुकता पैदा गर्ने देखिन्छ । निकै आकर्षक हिसाबले तयार गरिएको पोस्टरमा केहि नया दृश्यको पनि मेल छ ।


चलचित्र माघ १२ गते देखि प्रदर्शन हुदैछ । समय निकै कम छ यस हिसाबले निर्माण पक्ष पनि चलचित्रको प्रचार प्रसारमा कुदिरहेको छ । हुन त चलचित्रको यस अगाडी सार्वजनिक २ वटा गीत र ट्रेलरले देशभर नै चलचित्रको चर्चा चलाएको छ ।

गाउँ देखि सहर सम्म नै चलचित्रको हल्ली खल्ली भएको खबर छ । सार्वजनिक ट्रेलरको असर पनि धेरै ठाउँमा परेको देखिन्छ । धेरै नया कुरा मिश्रण गरेर बनाईएको ट्रेलरले दर्शकहरुलाई चलचित्र हेर्न लालाहित बनाएको खबर आईरहेको छ ।

पैसा कमाउन बेलायत पुगेका नेपाली युवकको संगर्षको कथामा चलचित्र बनेको छ । चलचित्रको तेस्रो गीत पनि अब चाडै नै रिलिज गरिने निर्देशक मिलन चाम्सले जानकारी दिए ।

चलचित्रमा नेपाली तथा बिदेशी कलाकारहरुको पनि अभिनय रहेको छ । मिलन चाम्सद्वारा निर्देशित यस चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु , गिरिराज घिमिरे , क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।


चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स मिलेर निर्माण गरेका हुन् । बि.पी खनाल भने चलचित्रका प्रस्तोतकर्ता हुन् ।


चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहेको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ |

यस्तै चलचित्रमा राम कुमार केसीको छायांकन र गिरीराज घिमिरे मुख्य सहायक निर्देशन रहेको छ | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

हेर्नुस ट्रेलर :

 

 

 

 

-दर्पणा नेपाल बाट

10590
Shares

ट्रेन्डिङ